
काठमाडौं,२५ मंसिर। प्रहरीले काठमाडौंको त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने भारतका २२ वर्षीय विशाल कुमार रहेका प्रहरीले जनाएको छ।
पक्राउ परेका विशाल नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका थिए।
Advertisement
Advertisement
Advertisement

विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले उनको लगेज चेकजाँच गर्ने क्रममा १ किलो ३५० ग्राम गाँजा बरामद भएपछि उनलाई नियन्त्रण्मा लिइको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको बताइएको छ।

