
काठमाडौं, २ पुस । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास, अबुधाबीले अवैध रुपमा हुने वित्तीय कारोबार (हुन्डी) नगर्न तथा त्यस्ता कार्यमा संलग्न नहुनका लागि आग्रह गरेको छ।
राजदूतावासको सूचनाअनुसार विदेशमा रहँदा अनौपचारिक माध्यमबाट रकम पठाउने, प्राप्त गर्ने वा त्यसमा संलग्न हुने कार्य कानुनविपरीत रहेको जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

गैरकानुनी गतिविधि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार दण्डनीय हुने जनाएको छ।
सूचनामा परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रत्येक महिनामा यस्ता गतिविधिसम्बन्धी सूचना तथा विवरण आदान–प्रदान भइरहेको पनि उल्लेख गरिएको छ।
राजदूतावासले यूएईमा कार्यरत कुनै पनि व्यक्ति वा संस्थाले अनौपचारिक वित्तीय कारोबार (हुन्डी) नगर्नरनगराउन आग्रह गर्दै, कसैले यस्ता गैरकानुनी काम गरिरहेको जानकारी भए प्रमाणसहित राजदूतावासलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।

