


काठमाडौं, १९ माघ। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले २ सय ६७ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ।
विभिन्न कसुरमा युएई (दुबई) को जेलमा रहेका २ सय ६७ जना नेपाली नागरिकहरुलाई दुबई सरकारले ५४ औं राष्ट्रिय दिवस (ईद अल इत्तेहाद) को अवसरमा आममाफी दिएको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ।

नेपाल सरकारले यसलाई मानवीय र मैत्रीपूर्ण कदमको रुपमा स्वागत गर्दै यूएई सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासको पहल र मन्त्रालयको निर्देशनअनुसार गरिएको अनुरोधपछि आमाफीको निर्णय भएको हो ।
अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध नभएमा आममाफी पाएका नेपाली नागरिक आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्कन सक्नेछन् ।

