
भैरहवा,१९ माघ। ०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अन्तरघातले रुपन्देही-३ मा हार व्यहोरेको नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा रुपन्देही-३ का क्षेत्रिय सभापति सुशील गुरुङलाई मैदानमा उत्रादै चुनावी तयारीमा होमिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा खेमाका गुरुङले उम्मेदवारी दर्ता गराएर चुनावी मैदान उत्रिएपछि चुनावी टिकट छाडेका पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँणबाट उम्मेदवारलाई सहयोग हुने/नहुने लगायतका विषयमा स्थानीय नेता/कार्यकर्ताहरुबीच विभिन्न टिकाटिप्पणी सुरु भएको थियो ।
Advertisement

Advertisement
Advertisement

जसपश्चात पार्टीले सोमबार एकताको सन्देश प्रवाह गर्नका लागि पूर्वगृहमन्त्री समेत रहेका खाँण र उम्मेदवार गुरुङलाई एउटै मञ्चमा राखेर कार्यक्रम गरेको छ।
आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले विगतका कमी-कमजोरी, परिश्रमलाई सुझावको रुपमा लिदैं विगतका दिनभन्दा अझ मिहनेतका साथ अघि बढ्नुपर्ने नेता, कार्यकर्तालाई आग्रह गरे।
विगतको स्थानीय तहको निर्वाचनको परिणामले नै क्षेत्रमा पार्टी मजबुत देखिएको तथ्यांकसहित उल्लेख गर्दै उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताए । निर्वाचित भएको अवस्थामा पार्टीको शिर निहुरिने गरी कुनै कार्य नगर्ने उनले बताए ।
नेता, कार्यकर्ताका साथ मञ्च बसेका खाँणसमेतलाई ईंगित गर्दै उनले आफु साथमा साथ र काँधमा काँध मिलाएर अघि बढ्ने सुनाए। उनले भने-‘साथमा साथ, काँधमा काँध मिलाएर अघि बढ्छु। तपाईँहरुको विश्वास डगमगाउने दिने छैन। तपाईँहरुको मुद्दा मेरो मुद्दा हुनेछ।’
कार्यक्रममा अन्य वक्ताहरुले पनि पार्टीमा कुनै गुट/समूह नरहेकोले पार्टीका उम्मेदवारलाई विजयी गराउन लाग्नु भन्दै एकताको सन्देश दिए।
र, यो पनि…
सुशीलतर्फ हेर्दै खाँणले भने : मेरो-सबैको साथ छ, शुभकामना !

