Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सुशीलतर्फ हेर्दै खाँणले भने : मेरो-सबैको साथ छ, शुभकामना !
    राजनीति

    सुशीलतर्फ हेर्दै खाँणले भने : मेरो-सबैको साथ छ, शुभकामना !

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ माघ १९, सोमबार २३:५३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १९ माघ । नेपाली कांग्रेसको रुपन्देही-३ बाट क्षेत्रिय सभापति सुशील गुरुङको उम्मेदवारीपछि पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँणले क्षेत्रमा पार्टी एकढिक्का रहेको बताएका छन् ।

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापा खेमाका गुरुङले उम्मेदवारी दर्ता गराएर चुनावी मैदान उत्रिएपछि चुनावी टिकट छाडेका नेता खाँणबाट उम्मेदवारलाई सहयोग हुने/नहुने लगायतका विषयमा स्थानीय नेता/कार्यकर्ताबीच विभिन्न टिकाटिप्पणी सुरु भएको थियो। जसपश्चात पार्टीद्धारा सोमबार भैरहवामा आयोजना गरिएको कार्यक्रमको मञ्चबाट नेता खाँण उपस्थित भएर क्षेत्रमा पार्टी एकढिक्का रहेको सन्देश दिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जिल्ला, क्षेत्रिय लगायत तहका नेता-कार्यकर्ता सहभागी कार्यक्रममा १ घण्टा मन्तव्य दिएका खाँणले अधिकांश समय आफ्नो चुनावी अनुभव र चुनाव लड्ने तरिकाबारे सुझावका साथ समय खर्चिए। चुनाव निकै संवेदनशील हुने भएकोले चुनावी अभियानको क्रममा उम्मेदवार सचेत भएर लाग्नुपर्ने सुझावसहित उनले उल्लेख गरे ।

    चुनावी अभियानको विषयमा उल्लेख गर्दै उनले ठूला नेताको अभिव्यक्तिले पनि कहिलेकाहीँ चुनाव हारिने भएकोले आफुले कहिल्यै आफु उम्मेदवार भएको अवस्थामा सकेसम्म ठूलो नेता ल्याएर सम्बोधन नगराएको सम्झिए ।

    पछिल्लो केही समययता रुपन्देही-३ मा नेपाली कांग्रेसको लहरमा वृद्धि आएकोले पार्टीलाई राम्रोको संकेत रहेको उनको भनाई छ । ‘अहिले अरु पार्टीको बढेको जस्तो मलाई लाग्दैन र हाम्रो पार्टीको राईज भएको छ त्यो राम्रो हो’,उनले भने ।

    उनले नयाँ पुस्ताको गतिसिलतालाई सम्मान गर्दै नयाँ पुस्तालाई थप प्रोत्साहन र पुराना पुस्तालाई सम्मान गर्दै पार्टीलाई अगाडी बढाउन जरुरी रहेको बताए । पार्टीको क्रियाशील सदस्यताको विषयमा उल्लेख गर्दै उनले वडा कार्यसमितिले पार्टीको क्रियाशील सदस्यता नविकरण नगराएका सदस्यहरुलाई नविकरण गराउन प्रेरित गर्न आग्रह गरे ।

    ‘सिद्धार्थनगरको विषय’तर्फ संकेत गर्दै उनले पुराना सदस्यले नविकरण गर्नु र नगर्नुसँग आफुहरुको राष्ट्रियता, प्रजातन्त्र, पार्टीको समाजवादी विचार, दृष्टिकोण र कार्यक्रम जोडिएको भन्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवादका लागि नविकरण नगर्नेहरुलाई क्षमता अनुसारको सम्मान हुने भनेर भन्नै पर्ने बताए ।

    आफु निर्वाचनमा उम्मेदवार बनेको र विभिन्न चुनावमा होमिएको विषय सम्झिदैं उनले भने-‘मैले जतिवटा चुनाव लडे, जति वटा चुनाव हारे, पार्टीमा मेलमिलाप र एकता नभएको कारण पनि हारेको हो । पछिल्लो पटकबारे मेरो कुनै कमेन्टै छैन र म हार्दा कसैलाई दोष लगाएर कसैलाई कारवाहीको सिफारिस पनि गरेको छैन ।’

    उनले अन्य क्षेत्रमा पार्टीलाई एकढिक्का बनाउने र रुपन्देही-३ मा कांग्रेस तपाईँ (उम्मेदवार) को साथमा एकढिक्का रहेको बताए ।

    ‘नेपाली कांग्रेस अरु क्षेत्रमा पनि एकढिक्का बनाउने हो । यो ३ नम्बर क्षेत्रमा तपाईँको साथमा एकढिक्का छ’,उनले अघि भने, ‘मेरो-सबैको साथले विजयी बन्नुहोस्, शुभकामना !’

    र, यो पनि…

    बालकृष्णलाई मञ्चमा राखेर सुशीलले भने–विश्वास डगमगाउन दिने छैन

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन बालकृष्ण खाँण रुपन्देही कांग्रेस सुशील गुरुङ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.