


भैरहवा, ५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले युवालाई लक्षित गर्दै आफ्नो संकल्पसहित मतदाताको घरदैलामा पुगिरहेका छन् ।
घरदैलो अभियानका क्रममा उनले ‘युवा देश छाड्नुपर्ने बाध्यता होइन, देशमै भविष्य देखून्’ भन्ने नारालाई प्राथमिकतामा राख्दै रोजगारी सिर्जना र अवसर विस्तार आफ्नो एजेन्डा रहेको बताएका छन्।

‘राजनीति सेवा होस्, सत्ताको खेल होइन,’ बोहराले मतदातासँगको भेटघाटमा भने, ‘अबको राजनीति जनताको भरोसा जित्ने माध्यम बन्नुपर्छ, सत्ताको प्रतिस्पर्धा मात्रै होइन।’
उनले देशबाट बढ्दो युवा पलायन रोक्न राज्यले स्वदेशमै रोजगारी, उद्यमशीलता र सीप विकासका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
बोहराले स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै कृषि, पर्यटन र साना उद्योगमार्फत युवालाई आत्मनिर्भर बनाउने योजना अघि सारेका छन्। ‘युवाले आफ्नै ठाउँमा सम्मानजनक रोजगारी पाउनुपर्छ, तब मात्र समृद्धि सम्भव हुन्छ,’ उनले भने।
घरदैलो अभियानलाई तीव्र बनाउँदै उनले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। उनले स्वच्छ, उत्तरदायी र सेवामुखी राजनीति आवश्यक रहेको उल्लेख गरे ।
र, यो पनि…
यस्तो छ रुपन्देही-१ का राप्रपा उम्मेदवार प्रज्जवल बोहराको प्रतिवद्धता

