
महोत्तरी,८ फागुन । प्रहरीले स्रोत नखुलेको साढे ११ लाख बढी रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका-७ का गौतम साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको टोलीले मनराशिसवा नगरपालिका-३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रुपैयाँ सहित साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई रकमसहित नियन्त्रणमा लिइएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

