
भैरहवा, ९ फागुन । गत प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट रुपन्देही–१ मा उम्मेदवार बनेका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
शनिवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चौधरीलाई पार्टी प्रवेश गराएका छन्। राप्रपामा प्रवेश गरेका चौधरी ०७९ को निर्वाचनमा रुपन्देही १ बाट चुनाव लडेका थिए । त्यतिबेला उनले १३ हजार ९९२ मत प्रप्त गरेका थिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

राप्रपा क्षेत्रीय अध्यक्ष सिताराम सिंहका अनुसार, चौधरीको प्रवेशले रुपन्देही क्षेत्र नं १ मा बिजय प्राप्त गर्न सहज हुने सम्भावना बढेको छ। राप्रपाबाट रुपन्देही-१ मा प्रज्जवल बोहरा उम्मेदवार छन् ।

