


काठमाडौं,१चैत। मध्यपूर्वको वर्तमान परिस्थितीका कारण घर फर्किन चाहने नेपालीलाई कतारस्थित नेपालीलाई राजदूतावासले सम्पर्क गर्न अनुरोध गरेको छ । दोहास्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै घर फर्किन चाहेमा सम्पर्क गर्न अनुरोध गरेको हो ।
राजदूतावासले कतारमा रहेका वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका नेपाली नागरिकले साउदी अरबका विमानस्थल हुँदै घर फर्किने व्यवस्था गरिएको जनाइएको छ।

यसका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिनका लागि ‘अपोइन्टमेन्ट बुक’ गर्न राजदूतावासले अनुरोध गरेको छ।
उक्त भिसा सेवा केन्द्र एजदान मल (अल घराफा) मा अवस्थित छ । थप जानकारीका लागि आवेदकहरुले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने राजदूतावासले जनाएको छ ।


