
इरान, १५ चैत। इरानको इस्लामिक रेभोलुसनसरी गार्ड कोर्प्स (आईआरजीसी)ले मध्यपूर्व क्षेत्रमा रहेका इजरायली र अमेरिकी विश्वविद्यालयहरूलाई निशाना बनाउने चेतावनी दिएको छ। तेहरानस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भएको आक्रमणपछि आइआरजीसीले विश्वविद्यालयहरुलाई निशाना बनाउने चेतावनी दिएको हो ।
‘इरानी विश्व विद्यालयहरुमा भएका आक्रमणको बदला नलिएसम्म क्षेत्रभरिका विश्वविद्यालयहरु ‘वैध निशाना’ मानिने छन्’,आइआरजीसीले चेतावनी दिँदै भनेको छ, ‘अमेरिकी विश्वविद्यालयका सबै कर्मचारी, प्राध्यापक, विद्यार्थी तथा आसपास बस्ने व्यक्तिहरुले सुरक्षाका लागि ती विश्वविद्यालयहरुबाट कम्तीमा एक किलोमिटर टाढा रहनुहोस् ।’
Advertisement

Advertisement
Advertisement

यसका लागि मंगलबार दिउँसो १२ बजेसम्मको समय सीमा तोकिएको छ। इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बागेइले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत इस्फहान युनिभर्सिटी अफ टेक्नोलोजी (मध्य इरान) र तेहरानको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भएका आक्रमणको निन्दा गरेका छन् ।
उनले अमेरिका र इजरायलले ‘विश्वविद्यालय, अनुसन्धान केन्द्र, ऐतिहासिक सम्पदा र प्रमुख वैज्ञानिकहरुलाई लक्षित गरेर देशको वैज्ञानिक आधार र सांस्कृतिक सम्पदालाई कमजोर पार्ने प्रयास गरिरहेको’ आरोप लगाएका छन् ।

