
काठमाडौं,३ बैशाख । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२८ जना बन्दी रहेका नेपाली नागरिकलाई आममाफी दिएको छ ।
पवित्र महिना रमजानपर्वका अवसरमा यूएई (दुबई) सरकारले विभिन्न घटनामा कैद सजाए पाएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

मन्त्रालयले मानवीय आधारमा गरिएको आममाफीलाई उच्च मूल्यांकन गरेको जनाएको छ। मन्त्रालयका अनुसार यस कदमले नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धमा रहेको सौहार्द र सद्भावनालाई थप सुदृढ बनाएको छ ।
मार्फत नेपाल सरकारको अनुरोधपछि यूएई युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

