


भारत । भारतको तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजय चन्द्रशेखरले सहकारी बैंकहरुबाट सीमान्त किसानले लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने घोषणा गरेका छन्।
उनले सहकारी बैंकहरुबाट बाली ऋण लिएका ठूला किसानले पनि ५ हजार रुपैयाँ राहत पाउने जानकारी आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा आयोजित समीक्षा बैठकपछि उक्त घोषणा गरिएको हो। बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी.गान्धीराज, वित्त मन्त्री एन.मेरी विल्सन तथा वरिष्ठ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो।
तमिलनाडु सरकारका अनुसार, उक्त निर्णयबाट करिब १४ लाख २२ हजार किसान लाभान्वित हुनेछन् भने यसका लागि सरकारलाई थप २,०४४.४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

