


कपिलवस्तु,१४ असार। लागुऔषध मुद्दामा सजाय भुक्तानका क्रममा दाङको तुल्सीपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४, देवपुराका ३३ वर्षीय बब्लु भन्ने बुधई यादव रहेको प्रहरीले जनाएको छ। उनलाई कपिलवस्तुको विजयनगर गाउँपालिका–४ स्थित जुलाही चोकबाट पक्राउ गरिएको हो

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार, यादव जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते तुल्सीपुर कारागारबाट फरार भएका थिए। लागुऔषध मुद्दामा १० वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय पाएका उनी कारागारमा सजाए भुक्तान गरिरहेका थिए।

