


काठमाडौं,२२ असार। अर्थ मन्त्रालयअन्तर्गतका दुई प्रमुख भन्सार विभाग र आन्तरिक राजस्व विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ।
मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार दुबै विभागमा सहसचिव तहका अधिकारीलाई नेतृत्वको जिम्मेवारी प्रदान गरिएको हो।

मन्त्रालयका अनुसार, भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन्। विभागको उपमहानिर्देशकमा प्रेम प्रसाद आचार्य नियुक्त भएका छन्। निमित्त महानिर्देशक भरतमणि पाण्डेय अर्थमन्त्रालय बाहिर सरुवा भएका छन्।
त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी सहसचिव प्रेमप्रसाद आचार्यलाई दिइएको मन्त्रालयले जनाएको छ।
यस्तै आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन्। हालका महानिर्देशक रमेश अर्याल अर्थ मन्त्रालय बाहिर सरुवा भएका हुन्।
नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिव हालैको मन्त्रिपरिषद् बैठकबाट अर्थमा सरुवा भएर आएका हुन्।सरुवापछि उनीहरुलाई मन्त्रालयअन्तर्गतका प्रमुख राजस्व निकायको नेतृत्वको जिम्मेवारी प्रदान गरिएको हो।

