Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » छाडा गाईगोरु व्यवस्थापन गर्दै सिद्धार्थनगर
    समाचार

    छाडा गाईगोरु व्यवस्थापन गर्दै सिद्धार्थनगर

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० पुष २७, शुक्रबार १०:५७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २७ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) कार्यालयले नगर क्षेत्रमा छाडा चौपाया (गाईगोरु) को नियन्त्रण तथा व्यवस्थापनका लागि दोस्रो पटक अभियान चलाएको छ । अभियान अन्र्तगत नगरमा छाडा अवस्थामा फेला परेका गाइगोरुलाई धमाधम नियन्त्रणमा लिन थालिएको छ ।

    छाडा गाईगोरुका कारण सवारी दुर्घटना हुनुका साथै नगरको सौन्दर्यकरण समेत असर परेपछि गत वर्षमा पनि पालिकाले अभियान चलाएर छाडा छाडिएका गाईगोरुको व्यवस्थापन गरेको थियो । तर, नगरवासी लगायत सचेत नहुदाँ नगर क्षेत्रमा उही समस्या पुनः दोहोरिएको छ । जसलाई निर्मूल पार्न नगरपालिका कार्यालयलाई समेत समस्या भएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘नगर क्षेत्रबाट छाडा गाईगोरुको समस्या निर्मुल पार्ने उद्देश्य र विश्वासका साथ अभियान चलाएर गत वर्ष छाडा गाईगोरु नियन्त्रण तथा व्यवस्थापन गरेका थियौँ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘तर, जुन उद्देश्य र विश्वासका साथ हामीले अभियान चलाएका थियौँ, त्यसमा नगरवासी (पशु पालक) लगायतबाट सहयोग भएन । जस अनुरुप नगरमा पुनः छाडा गाईगोरु छाडिए र फेरी दोस्रो पटक अभियान संचालन गर्नुपरेको छ ।’

    उनले व्यवस्थापन पश्चात पालिएका गाई गोरु पुनः छाडा नछाड्न र सचेत रहन नगरवासीहरुलाई आग्रह गरे ।

    अन्य पालिका, खुला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाई गोरु छाडा छाड्ने गर्दा छाडा चौपायाको समस्या देखिएको नगरपालिका कार्यालयले जनाएको छ । छाडा चौपायाले नगरको सौन्दर्यका लागि लगाइएका फूल, बिरुवा, धानखेत लगायतमा नोक्सानी हुने गरेको छ ।

    व्यवस्थापनका लागि नियन्त्रणमा लिइएका गाइगोरुलाई देवकोटाचोक नजिकै होल्डिङ सेन्टरमा जम्मा गर्ने गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् । उनका अनुसार सेन्टरमा हालसम्म ४५ वटा छाडा गाई गोरु जम्मा गरिएको छ । होल्डिङ सेन्टरमा गाइगोरुलाई पशु चिकित्सकद्वारा स्वास्थ्य जाँच र उपचार गरी घाँस, पराल खुवाएर राखिएको छ । यसका लागि नगरपालिकाले आफ्ना कर्मचारी र अन्य थप जनशक्तिको परिचालन गरेको छ । उनले नगरपालिका कार्यालयको यस अभियानमा नगरवासीहरुलाई सहभागी हुनका लागि आग्रह समेत गरिन् ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले छाडा गाइगोरु नियन्त्रणका लागि नगरपालिका संवेदनशिल भएर लागेको बताए । ‘नियन्त्रण तथा व्यवस्थापन गर्न सहज छैन’, उनले भने, ‘कतिपय मानिस किन मेरो गाइगोरुलाई छोपेको ? भन्दै नगरपालिकामा आएर झगडा गर्ने गर्छन् ।’

    नियन्त्रणमा लिइएका छाडा गाईगोरुको गौसंरक्षण तथा अनुसन्धान केन्द्रमा व्यवस्थापन गरिने कार्यालयले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सिद्धार्थनगर
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    लुम्बिनी प्रदेश प्रहरीले पायो प्रहरी व्याटन

    २०८३ आश्विन ३०, शुक्रबार ११:२० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.