
एजेन्सी – कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह ‘सी’ मा इरान र संयुक्त अरब इमिरेट्स (युएई) ले जित निकालेको छ ।
आइतबार इरानले प्यालेस्टाइनलाई ४–१ र युएईले हङकङलाई ३-१ ले हराएको थियो।
Advertisement

Advertisement
Advertisement

इरानका करिम अन्सारिफार्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । १२ औं मिनेटमा शोजा खलिलजादेहले र ३८ औं मिनेटमा मेहदी अब्दोलहामिद घएदीले गोल थपेका थिए।
पहिलो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा प्यालेस्टाइनका तमर मोहम्मद सेयमले गोल फर्काएका थिए। सरदार अजमौनले ५५ औं मिनेटमा गोल गरेपछि इरानले फराकिलो अन्तरको जित निकालेको थियो।आइतबार समूह ‘डी’मा जापानले भियतनामलाई ४–२ ले हराएको थियो।
एसियन कपमा सोमबार नेपाली समयअनुसार साँझ ५:१५ बजे दक्षिण कोरिया र बहराइन, ८:१५ बजे इन्डोनेसिया र इराक तथा राति ११:१५ बजे जोर्डन र मलेसियाबीच खेल हुनेछ।

