
भैरहवा । प्रहरीले सर्वसाधरणहरुको बचत रकम हिनामिना गरेको आरोपमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलका अध्यक्ष ओम प्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाई पाण्डेयलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार बचतकर्ताको उजुरीका आधारमा अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई प्रक्राउ गरिएको हो । गुरुङलाई बुटवलबाट र पाण्डेयलाई स्याङजाबाट पक्राउ गरिएको हो।
Advertisement

Advertisement
Advertisement

गुरुङ अध्यक्ष रहेको उक्त सहकारीले झण्डै साढे दश हजार बचतकर्ताहरुको कुल १ अर्ब ७ करोड ८२ लाख रुपैयाँ रकम हिनामिना गरेको बचतकर्ताले उजुरी दिएका छन् । उनीविरुद्ध तीन सय बढी सदस्यले लिखित उजुरी दिएको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए ।
पक्राउ परेका गुरुङ बुटवल उपमहानगरपालिका–८ हिलपार्क र पाण्डेय कालीगण्डकी गाउँपालिका–४ स्याङ्जा (हाल तिलोत्तमा–५) निवासी हुन्।
रकम हिनामिनामा संलग्न सहकारीका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबि) राई विगत एक वर्षदेखि फरार छन्। उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको पण्डितले जानकारी दिए।

