
भैरहवा : सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण हे.क्वा.ले भारतबाट अवैध रुपमा ल्याएर भण्डारण गरेको अवस्थामा २ सय ५० बोरा चिनी बरामद गरेको छ ।
गणका सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ५ बुडवामा डम्प गरी राखिएको अवस्थामा ७ लाख ५० हजार मूल्य बराबरको उक्त परिमाणको चिनी बरामद गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा बहादुर थापाका अनुसार विशेष सूचनाका आधारमा राती सवा १ बजे उक्त गोदाममा छापा हानिएको थियो । छापामा २ सय ५० बोरा चिनी बरामद गरे पनि सशस्त्र प्रहरीले कुनै व्यक्तिलाई भने कारवाही गरेको छैन । गोठ जस्तो गोदाममा राखिएको र कसैले अहिले सम्म आफ्नो चिनी दावी नगरेको कारण व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन नसकिएको थापाले बताए ।
उनले यस बिषयमा थप अनुसन्धान भईरहेको र बरामद चिनी भैरहवा भन्सार कार्यालयमा बुझाईएको जानकारी दिए ।

