
बारा, १ साउन । जिल्ला प्रहरी कार्यालय बाराले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बरियापुरबाट खटिएको टोलीले महागढीमाई नगरपालिका ११ मधुरीजब्दीका ५४ वर्षीय रमजान अंसारीले जमिन मुनी लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल बरामद गरेको हो ।
हतियार बरामद घटनामा संग्लन आरोपमा रमजान अन्सारीसहित सोही स्थानका २५ वर्षीय सुल्तान अंसारी र ४५ वर्षीय रामकृपया साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी एवं सूचना अधिकारी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेकाहरुविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement


