
काठमाण्डौँ, २२ साउन । नेपाली दूतावासले बेलायतको विभिन्न सहरहरूमा भइरहेको प्रदर्शनमा सहभागी नहुन नेपाली नागरिकहरूलाई अपील गरेको छ। दूतावासले विज्ञप्ति जारी गरेर प्रदर्शन र हुलदंगा भइरहेका स्थानमा भ्रमण नगर्न र सहभागीसमेत नहुन अपील गरेको हो।
दूतावासले बेलायतको वर्तमान परिस्थितिलाई नजिकबाट नियालीरहेको र नेपाली नागरिकको सुरक्षा नै प्राथमकिता रहेको जानकारी दिएको छ। ‘केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन हुलदंगा चलिरहेको हुँदा बेलायतमा रहनुभएका एवं बेलायत भ्रमण गर्न लाग्नुभएका सम्पूर्ण नेपाली नागरिकलाई यस्तो हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिन्छ। यस राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियाली रहेको छ। यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचना ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
Advertisement

Advertisement
Advertisement

दूतावासले बेलायतस्थित नेपाली संघ संगठनहरूलाई आफ्नो संस्थारसमुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउनसमेत अनुरोध गरेको छ। आपतकालीन अवस्थामा राजदूतावासमा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।


