Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

वीरगञ्ज, ९ साउन। पर्सा प्रहरीले डाँका तथा चोरी सम्बन्धी कसुर मुद्दामा अदालतबाट ५ वर्ष कैद र रु. ५० हजार जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, विशेष सूचनाका आधारमा अदालतको फैसला कार्यान्वयन टोलीले वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनीस्थित सडकखण्डबाट वीरगञ्ज महानगरपालिका–३० निवासी २८ वर्षीय आकाश यादवलाई पक्राउ गरेको हो। उनीविरुद्ध डाँका तथा चोरी सम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतले २०८१ चैत २२ गते ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला कार्यान्वयनका लागि फरार रहेका यादवलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Read More

काठमाडौं,९ साउन। नेपालमा गत आर्थिक वर्ष २०८२/८३ मा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटकहरुको आगमन भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार, भारतबाट सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक आएका छन्। त्यसपछि संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्। त्यसपछि बंगलादेशबाट ५८,१६३ बेलायतबाट ५६,६४९ अष्ट्रेलियाबाट ५३,१९५ श्रीलंकाबाट ४३,२११ भुटानबाट ३६,२८९ म्यानमारबाट ३०,७३७ जर्मनीबाट २९,२९६ थाइल्यान्डबाट २७,२०१ जापानबाट २५,७६२ तथा मलेसियाबाट २५,६४० पर्यटक नेपाल आएका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी पर्यटक कात्तिकमा १ लाख २४ हजार ८२९ आएका थिए। त्यसपछि चैतमा १ लाख १९ हजार ३९०,…

Read More

भैरहवा,९ साउन। रुपन्देही प्रहरीले आफुलाई घुमुवा प्रहरी भन्दै पैसा मागेको आरोपमा नक्कली रिभल्भरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई हाल ओमसतिया गाउँपालिका-४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, पक्राउ परेका राणाले भैरहवा बजारमा आफु जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ भन्दै पेस्तोल देखाएर दश हजार रुपैयाँ पैसा मागिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । भैरहवाको शान्तिनगरबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा कोठामा राखेको एक थान नक्कली रिभल्भर, सवारी चालक अनुमतिपत्र एक…

Read More

काठमाडौं,९ साउन। नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच राजनीतिक कार्यगत एकता गर्ने सहमति भएको छ। दुवै दलले सातै प्रदेशमा सरकार गठनका लागि सहकार्य गर्ने गरी शनिबार तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। शनिबार भएको निर्णायक वार्तापछि सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दस्तखत गरेका छन्। सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ। यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गरिने…

Read More

धनुषा,८ साउन । प्रहरीले गोली चलाएर लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुबनी जिल्लाका २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साह रहेको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको बर्दिबास टोलीले धनुषाको मिथिला नगरपालिका–६ मा लागुऔषधको कारोबार भइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको ब्यूरोका सहप्रवक्ता एवं डीएसपी जिवन निरौलाले जनाए । उनका अनुसार, पक्राउ परेका आरोपीहरुको साथबाट ९५ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन, २ थान मोबाइल, १ थान भारतीय आधार कार्ड र १ थान भारतीय सवारी चालक अनुमतिपत्र बरामद भएको…

Read More

काठमाडौं,८ साउन । परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार संवेदनशील रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, हाल उक्त क्षेत्रमा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको छ भने कुनै नेपाली प्रभावित भएको जानकारी प्राप्त भएको छैन। वार्ता र कूटनीति नै समस्या समाधानको स्थायी माध्यम भएको र ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गको निर्बाध उपयोग तथा दिगो शान्तिका पहलहरुमा नेपालको समर्थन रहेको शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उल्लेख गरे । दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकबाट अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। जसमध्ये कम्बोडियाबाट ७३३ जना, म्यानमारबाट ११३ जना, लाओसबाट ८ जना…

Read More

काठमाडौं,८ साउन। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५६८ वेबसाइट तथा एप बन्द गरेको जनाएको छ। सरकारले शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार यस्ता वेबसाइट तथा एपमाथि कारबाही अघि बढाएको हो। दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक एवं इन्जिनियर ओमप्रकाश महतोका अनुसार, फिफा विश्वकपको अवधिमा बेटिङ एपको प्रयोग बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विशेष टास्क फोर्स गठन गरी इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँगको सहकार्यमा वेबसाइट ब्लक गरेको जनाएको छ। प्राधिकरणका अनुसार, नयाँ नाममा यस्ता वेबसाइट फेरि खुल्ने चुनौती रहेकाले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी निरन्तर निगरानी र बन्द गर्ने काम भइरहेको छ। साथै, अवैधानिक वेबसाइटबारे जानकारी…

Read More

सलमान खानभैरहवा, ८ साउन । रुपन्देहीको ओमसतिया गाउँपालिकाको कार्यालयमा आर्थिक अनुशासन र वित्तीय व्यवस्थापनमा गम्भीर प्रश्न उठेको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन अनुसार, गाउँपालिकाको अद्यावधिक बेरुजु ८ करोड ७२ लाख १३ हजार रुपैयाँ पुगेको छ भने करोडौं रुपैयाँको कारोबार एकीकृत वार्षिक वित्तिय विवरणमा समावेश नगरेको पाइएको छ। प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/८२ को एक अर्ब १८ करोड १ लाख १९ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १ करोड ३१ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको छ। बेरुजुमध्ये १ लाख ५३ हजार रुपैयाँ सम्परीक्षणबाट फछ्र्योट भएको, ५ लाख ३० हजार रुपैयाँ असुल गर्नुपर्ने, १ करोड २० लाख ८०…

Read More

काठमाडौं,८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, स्थायी लेखा नम्बर बन्द गर्न सेवाग्राहीलाई आवश्यक सिफारिस दिनका लागि माग गरेको २१ हजार रुपैयाँसहित काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैंठौ) उद्वब भट्टराईलाई नियन्त्रणमा लिइएको हो । भट्टराईलाई घुससहित वडा कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

रौतहट,८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथी बिहीबार राति कालोमसी प्रहार गरिएको छ। गढीमाई नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने बेला ‘मधेश मुक्ति अभियान’सँग आबद्ध कार्यकर्ताले उनीमाथी कालोमसी प्रहार गरेको बताइएको छ। घटनाको पुष्टि सांसद पौडेलले राति कार्यक्रम सकाएर फर्किने लाग्दा पछाडीबाट केही युवाले कालो पदार्थ फ्याकेर फरार भएको बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More