


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
२२ भदौ, काठमाडौं। रामेछापमा वृद्ध दम्पतीलाई घरमै बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान र सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालिका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। प्रहरीका अनुसार, उनीहरुले १८ भदौको राति खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङलाई घरमै बन्धक बनाएर लुटपाट गरेका…
कपिलवस्तु,२२ भदौ । कपिलवस्तुमा पछिल्लो डेढ महिनाको अवधिमा लागुऔषधसम्बन्धी घटनामा १९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एंव डीएसपी रीपेन्द्रकुमार सिंहका अनुसार, चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गतेसम्म विभिन्न सीमा नाकाबाट लागुऔषध ओसारपसारको आरोपमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले उक्त अवधिमा लागुऔषधसम्बन्धी ११ वटा मुद्दा दर्ता गरेको छ। पक्राउ पर्नेमा १३ जना पुरुष र ६ जना महिला रहेका छन् । प्रहरीका अनुसार, पक्राउ परेकामध्ये केहीले पैदल हिँडेर तथा केहीले शरीरमा लागुऔषध बाँधेर सीमा नाकाबाट ओसारपसार गर्ने प्रयास गरेका थिए। उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालय…
काठमाडौं,२२ भदौ । नेपाली सेनाले बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले टनेलभित्र खोज तथा उद्धार कार्य तीव्र रुपमा भइरहेको जानकारी दिए। सरकारले काम रोक्ने निर्णय नगरेको अवस्थामा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार कार्य नरोकिने उनले स्पष्ट पारे। सेनाका अनुसार, बाढीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनामा करिब १२१ जना नागरिक फसेको अनुमान गरिएको छ। सहायक रथी थापाका अनुसार रसुवागढी जलविद्युत आयोजनामा नेपाली सेना, उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म…
काठमाडौं,२२ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका नापी अधिकृत हिरालाल पार्धे र तत्कालीन सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार, चन्द्रागिरी–९ ग (साविका साविक मच्छेगाउँ–९ ग) मा रहेको जग्गाको भूमि प्रशासन कार्यालय (साविक भूमिसुधार तथा मालपोत कार्यालय) कलंकीमा कायम रहेको दर्ता श्रेस्ता हालसाबिक तथा प्लट मिलान गरिदिने भन्दै श्रेष्ठ र पार्धेले सेवाग्राहीसँग घुस रकम मागेका थिए। नियमअनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख–हैरानी दिएको र काम गरिदिन…
भैरहवा, २१ भदौ। जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना चार प्रदेशसभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकार राजनीतिक संकटमा परेको छ। कारबाहीमा परेका सांसदमा सन्तोषकुमार पाण्डेय, भण्डारीलाल अहिर, आदेशकुमार अग्रवाल र हेमा बेल्बासे केसी छन्। पाण्डेय शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र अहिर आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री छन्। जसपाले प्रदेशसभा सचिवालयलाई कारबाहीको औपचारिक जानकारी दिएपछि ऐनमा तोकिएको प्रक्रिया अघि बढ्नेछ। उक्त प्रक्रिया पूरा भएपछि सम्बन्धित सांसदको पद रिक्त हुने अवस्था आउन सक्छ। त्यसपछि सरकारको पक्षमा रहेको बहुमतको गणित कमजोर बन्नेछ। गत भदौ १ गते विश्वासको मत…
काठमाडौं,२१ भदौ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न संकट व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मीहरुको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद व्यक्त गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विपद्को समयमा राज्यका तीनै तहका सुरक्षा निकायले निर्वाह गरेको भूमिकाको सरकारले उच्च कदर गर्ने बताएका छन्। उनले सुरक्षाकर्मीहरुको सेवा, सुरक्षा र सुविधाका विषयमा सरकारबाट कुनै किसिमको सम्झौता नहुने स्पष्ट पारे। ‘सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ । तपाईंहरुको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन,’ सुरक्षाकर्मीहरुलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं ।’ उनले नुवाकोटको विदुर नगरपालिका–६ मा रहेको केन्द्रीय कारागारका…
भैरहवा, २१ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउँदा नेपाल प्रहरीले आफ्नै पीडा र क्षतिका बीच पनि नागरिकको उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन, राहत वितरण तथा सुरक्षा निगरानीलाई निरन्तरता दिएको छ। सीमित साधनस्रोतका बाबजुद उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गर्दै प्रहरी विपद् प्रभावित क्षेत्रमा अहोरात्र खटिएको हो। बाढीपछि उत्पन्न बहुआयामिक चुनौतीबीच समग्र विपद् व्यवस्थापनका लागि ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित क्षेत्रबाट ९ हजार १ सय ५१ जनाको उद्धार गरिएको छ भने ४ हजार ४४ जना अझै बेपत्ता छन्। बेपत्ताको खोजीमा प्रहरी, तालिमप्राप्त कुकुरदेखि ड्रोनसम्म सम्पर्कविहीन…
काठमाडौं,२१ भदौ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ। भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ। कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन्। पार्टी एकताका लागि आफू आवश्यक त्याग गर्न तयार रहेको उनको भनाइ थियो। जवाफमा सभापति थापाले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका थिए। भेटवार्तामा पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएको जनाइएको छ । भेटमा रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित…
वीरगञ्ज,२१ भदौ। पर्सा प्रहरीले वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो) बाट जनप्रतिनिधि, इन्स्पेक्टरसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एंव डीएसपी चक्र बहादुर मल्लका अनुसार, क्यासिनोमा नेपालीलाई जुवा खेलाइरहेको सूचना आधारमा छापा मारेर इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जना क्यासिनोबाट नियन्त्रणमा लिइएको छ । प्रहरीले जुवा खेल्ने र क्यासिनोमा प्रवेश गराएर जुवा खेलाउने आरोपमा उनीहरुलाई पक्राउ गरेको छ । जुवा खेल्ने कार्यमा संग्लन आरोपमा इन्स्पेक्टर पौडेल, पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही स्थानका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज…
काठमाडौं,२० भदौ। जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धारसँगै जोखिमपूर्ण संरचनाको निरीक्षणमा समेत प्रयोग गर्न सकिनेछ। मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी र निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। विशेष सुरक्षा घेरा जडान गरिएको ड्रोन सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किए पनि…