


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
बुटवल, ९ असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ । चाडपर्वलाई लक्षित गरेर बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरु सरसफाई अभियान सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताए । उनले बुटवललाई सफा राख्नका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए ।उनले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गरी पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्न गत आर्थिक वर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको बताए । बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्ने मुख्य लक्ष्यसहित सरसफाई तथा हरियाली…
लुम्बिनी,९ असोज । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले लुम्बिनी विकास कोषको गुरूयोजना कार्यान्वयन प्रगतिका बारेमा जानकारी लिनुका साथै सरोकारवालाहरुसँग छलफल गरेको छ ।सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सञ्चालन गरेको लुम्बिनी गुरुयोजना कार्यान्वयनबारे राष्ट्रिय सभा अन्तर्गत गठित संसदीय समितिले चासो राख्दै लुम्बिनीमा छलफल गरेको हो । छलफलमा राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले लुम्बिनी गुरुयोजनाका लागि बजेट अभाव भएको तथा बृहत्तर लुम्बिनी क्षेत्रको काम गर्नका लागि लुम्बिनी विकास कोष ऐन २०४२ संशोधनका लागि आवश्यक पहल गर्ने बताए । सभापति शेर्पाले लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा देखिएका चुनौतीसँगै गुरुयोजनाविपरीत भएका काम, स्थानीयहरुको मागका सम्बन्धमा पनि…
अर्घाखाँची,९असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्य गृह जिल्ला अर्घाखाँचीलाई एमालेको बलियो राजनीतिक शक्ति बनाउने भूमिकामा छन् । बुधबार एकै दिन विभिन्न पार्टीमा रहेका महत्वपूर्ण जिम्मेवारीमा रहेका नेतृत्वहरुलाई एमालेमा समाहित गर्न सफल भएका छन् । पार्टीमा प्रवेश गराउदै मुख्यमन्त्री आचार्यले एमाले बलियो राजनीतिक शक्तिको रुपमा उदाउने, अर्घाखाँची, लुम्बिनी मात्रै नभएर सिंगो देशको नेतृत्व एमालेले गर्ने अवस्थामा पुर्याउने उद्घोष गरे । नेकपा माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य मालारानी गाउँपालिका अध्यक्ष पदम क्षेत्री, प्रदेश सदस्य तथा भुमिकास्थान नगरपालिकाका अध्यक्ष नरेन्द्रमान मुखिया, जिल्ला सचिवालय सदस्य देवबहादुर विक, राष्ट्रिय जनमोर्चा युवक संघका पूर्व केन्द्रीय…
काठमाडौँ,९असोज। नेपालीहरुको महान पर्व दसैं नजिकिदैँ सँगै सर्वसाधरणमा खुशीयाली छ। सर्वसाधरणहरु पर्वको तयारी जुटिसकेका छन् । बजारमा किनमेल भइरहेको छ। तर, यही बीचमा हर्षोउल्लासका साथ मनाइने पर्वलाई छाडेर बाध्यताबस झिन्टीगुन्टा बोकेर वैदेशिक रोजगारीका लागि खाडीमा विदेसिनु परेको छ। वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि भदौ महिनामा मात्रै ५७ हजार ४९३ जना नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा ३९ हजार ५५७ पहिलो पटक र १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएर विदेसिएका छन् । जसमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । म्यानपावर कम्पनी मार्फत २९ हजार ५२८ जना…
झापा,९असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले घुससहित वडाअध्यक्षलाई पक्राउ गरेको छ। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि माग गरेको ८० हजार रुपैयाँ घुस सहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सहायक प्रवक्ता थपलियाका अनुसार ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानलाई पनि पक्राउ गरिएको छ। दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
भैरहवा,९असोज। निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ। आयोगले बुधवार सूचना जारी गर्दै ०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई बिहिवार (भोली) देखि दर्ताका लागि आह्वान गरेको हो। आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन अनुरोध गरेको छ। हेर्नुहोस् सूचनाः
भैरहवा,९असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य दिनदिनै उकालो लाग्दै गएको छ। बुधबारको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ। तोलामा ४० रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलाको १९५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
भैरहवा,९असोज। चार खेलाडीको अर्धशतकीय पारीको मद्दतमा रुपन्देहीको भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय अन्डर–१९ क्रिकेट छनोट प्रतियोगितामा रुपन्देही यु–१९ ले सानदार जीत निकालेको छ । रुपन्देहीले पाल्पा यु–१९ लाई २ सय ९१ रनले पराजित गर्दै जीत हासिल गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रनको उच्च योगफल बनायो । उसका लागि विजय प्रजापतिले ९६, समीर अलीले ६८, सन्तोष साउदले ५७ र सन्तोष यादवले ५१ रनको अर्धशतकीय इनिङ खेले । बलिङमा पाल्पाका रोशन बस्याल, नरबहादुर सार्की र उदय महर्जनले समान २–२ तथा सुदर्शन भण्डारीले १ विकेट लिए…
काठमाडौं,९ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता भएको छ। चीनको राजधानी बेइजिङमा भएको भेटवार्तामा दुई देशकोे हित र सहयोगबारे छलफल भएको बताइएको छ। भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताए । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उपप्रधानमन्त्री पौडेलले चीनका विभिन्न शहरबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न आग्रह गरे । भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको…
भैरहवा,८असोज। प्रहरी प्रधान कार्यालयले एकैपटक १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णय अनुसार मंगलबार उनीहरुको सरुवा निकालिएको हो। एसपी बढुवाको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी मनोहरप्रसाद भट्टको नेपाल प्रहरी अस्पताल महाराजगंज प्रशासन सरुवा गरिएको छ भने काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम समन्वय शाखा रानीपोखरीमा कार्यरत डीएसपी नवीन पौडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको छ। त्यस्तै डीएसपी बेद बहादुर पौडेलको नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय महाराजगंज, आयुश प्रसाद जोशीको जिल्ला प्रहरी दाङ, मधुसुदन न्यौपानेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा सरुवा गरिएको छ। हेर्नुहोस् सूची, कसको सरुवा कहाँ…