Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

नवलपरासी, १७ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नारायणी नदी (गण्डक क्षेत्र) बाट बरामद गरिएका १९५ शवमध्ये १४५ शवको व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार, भारतमा बरामद भएका १४ शवसहित अझै ५० शवको व्यवस्थापन गर्न बाँकी छ। बरामद भएका शवमध्ये हालसम्म पाँच जनाको मात्रै सनाखत भएको छ। पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएका सबै शवको व्यवस्थापन भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी मदन थापाले जानकारी दिए। अस्पतालमा शव राख्ने ठाउँ अभाव भएपछि केही शव भैरहवास्थित भीम अस्पताल, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र कपिलवस्तुको पिपरा अस्पतालमा पठाइएको थियो। ती अस्पतालमा रहेका बाँकी शवहरु पनि क्रमशः नवलपरासी ल्याएर व्यवस्थापन…

Read More

दाङ,१७ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गर्न नसकिने तथा उपलब्धि दिन नसक्ने योजना कार्यान्वयन नगर्न निर्देशन दिएका छन्। उनले अधुरा योजना थपिँदै जाने अवस्था अन्त्य गर्दै सम्पन्न गर्न सकिने र नागरिकलाई प्रत्यक्ष उपलब्धि दिने योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताए । आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आर्थिक वर्ष २०८३–८४ को बजेट कार्यान्वयनसम्बन्धी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा बुधवार भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले ठूलो आकारका योजना तर थोरै बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजाने प्रवृत्ति रोक्नुपर्ने स्पष्ट पारे । उनले चालु आर्थिक वर्षको बजेट राजस्व उठाउन सक्ने गरी निर्माण गरिएको उल्लेख गर्दै आन्तरिक स्रोत…

Read More

मर्चवार,१७ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रुपन्देहीको कोटहीमाई गाउँपालिकाले ३५ लाख १७ हजार ३८४ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कोटहीमाई गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको तलबबाट २० लाख १७ हजार ३८४ रुपैयाँ र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १५ लाख रुपैयाँ गरी कुल ३५ लाख १७ हजार ३८४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले देश विपद्को पीडामा रहेका बेला पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त रकम सहयोग…

Read More

सलमान खानभैरहवा, १७ भदौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) समेत क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता कायम प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख कुमार आचार्य, तत्कालीन नायव सुब्बाद्वय लक्ष्मण प्रसाद न्यौपाने र अजित कुमार साहनी (चाई) ,तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराज कान्त मिश्रविरुद्ध बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । उनीहरुविरुद्ध ४ करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपर गर्न माग दावी गरिएको छ। सरकारका नाममा दर्ता श्रेस्ता कायम गर्न बाँकी रहेकै…

Read More

काठमाडौं,१७ भदौ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट भएको क्षति रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगो नेपालको छातीमा परेको बज्रपात भएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भोटेकोशी बाढीले पुर्‍याएको क्षति कुनै एक जिल्ला वा क्षेत्रको पीडा नभई समग्र राष्ट्रकै साझा दुःख भएको बताए। प्रधानमन्त्री शाहले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए। ‘मन भक्कानिए पनि एक–आपसमा बिलौना गर्ने अवस्था छैन,’उनले भने। देशको नेतृत्वले आँसु होइन,जनतालाई आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरुले स्वीकार गरेको उनले बताए। ‘यसैले दृढ संकल्पका साथ यो विपत्तिसँग लड्नुको अर्को विकल्प हामीसँग छैन। हामी लडिरहेका छौँ,’प्रधानमन्त्री शाहले भने।

Read More

कपिलवस्तु, १७ भदौ। लुम्बिनी प्रदेशकी पूर्वसांसद तथा पूर्वअर्थ राज्यमन्त्री सुषमा यादवले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। उनले प्रदेश कमिटी सदस्य र मायादेवी गाउँपालिका इन्चार्जसहित पार्टीमा आफूले सम्हाल्दै आएका सबै जिम्मेवारीबाट अलग भएको जानकारी दिएकी हुन्। राजीनामा पत्रमार्फत यादवले आफू २०७४ सालदेखि पार्टीमा सक्रिय रहँदै नीति, विचार, सिद्धान्त र संगठन निर्माणका क्षेत्रमा निरन्तर योगदान दिएको उल्लेख गरेकी छन्। तर पछिल्लो समय पार्टीभित्र देखिएको राजनीतिक अवस्था, निर्णय गर्ने शैली, संगठन सञ्चालनको तरिका तथा कार्यकर्ताप्रतिको व्यवहारप्रति असन्तुष्टि बढ्दै गएपछि पार्टीबाट अलग हुने निष्कर्षमा पुगेको उनले बताएकी छन्। पार्टीभित्र आफूले अपेक्षा गरेको राजनीतिक संस्कार र पारदर्शिता कमजोर…

Read More

भैरहवा, १६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात नेपाली तथा विदेशी विज्ञसहितको सुरक्षाकर्मीको संयुक्त टोलीले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेको छ। सैनिक निर्देशनालयका अनुसार, विभिन्न जलविद्युत् आयोजनाका टनेलमा नेपाली तथा विदेशी विज्ञसहितको संयुक्त उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा २०० मिटरसम्म प्रवेश गरेर खोजी गरिरहेको छ। त्यस्तै, त्रिशूली–३ए आयोजनाको टनेल हेड फेला परेपछि कम्प्रेसरबाट हावा दिने, टनेलभित्र जमेको पानी निकाल्ने तथा तीन वटा एक्स्काभेटर प्रयोग गरी वैकल्पिक बाटो बनाउने काम भइरहेको सैनिक निर्देशनालयले जनाएको छ। त्रिशूली–३बी आयोजनामा पनि विज्ञसहितको टोलीले टनेलको प्रवेशद्वार पत्ता लगाएर एक्स्काभेटर प्रयोग गरी खन्ने काम…

Read More

काठमाडौं,१६ भदौ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कृष्णभीरमा तत्काल आवश्यक संरचना निर्माण गरी अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन गरिने बताएका छन्। पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्कालीन तथा दीर्घकालीन समाधानका विषयमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय गरेको मन्त्री लम्सालले बताए। उनका अनुसार बैठकले विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न आवश्यक काम अघि बढाउने निर्णय गरेको छ। त्यसका लागि ट्र्याक खोल्ने कार्यसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ तथा ‘बोल्डर हिलसाइड’ बाट तल खसाल्ने कार्य गरिनेछ। कृष्णभीरको दीर्घकालीन समाधानका लागि…

Read More

भैरहवा, १६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडमा कार्यरत मजदुर तथा कर्मचारीले ६ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन्। उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले स्वतःस्फूर्त रुपमा आफ्नो पारिश्रमिकबाट रकम कटाएर उक्त रकम संकलन गरेका हुन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। विपद्को समयमा पीडित नागरिकलाई आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ रकम संकलन गरिएको उनीहरुले बताएका छन्। बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टले दियो १ करोड ११ लाख उद्योगका महाप्रबन्धक उद्धवबहादुर कार्कीका अनुसार उद्योगका तर्फबाट यसअघि नै १ करोड ११ लाख…

Read More

भैरहवा,१६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसियमयस) शिक्षण अस्पताल, भैरहवाले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नका लागि अस्पतालका अध्यक्ष रमेश शर्माले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । विपद्बाट प्रभावित सर्वसाधारणहरुको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अस्पतालले उक्त रकम प्रदान गरेको कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले जानकारी दिए। भैरहवामा रहेको उक्त संस्था स्वास्थ्य सेवामा निजी क्षेत्रबाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज हो।

Read More