Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२० भदौ। जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धारसँगै जोखिमपूर्ण संरचनाको निरीक्षणमा समेत प्रयोग गर्न सकिनेछ। मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी र निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। विशेष सुरक्षा घेरा जडान गरिएको ड्रोन सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किए पनि…

Read More

रसुवा, २० भदौ। नेपाल–चीन सीमा नाका टिमुरेस्थित नेपालको राष्ट्रिय झण्डा राखिएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको उक्त अन्तर्राष्ट्रिय सीमा नाकामा आज नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले राष्ट्रिय झण्डा राखेको हो। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो। सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट खटिएको संयुक्त टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गर्दै सीमा नाकासम्म पुगेर राष्ट्रिय झण्डा राखेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। बाढीले सीमा क्षेत्रमा रहेका संरचना बगाए पनि नेपालको उपस्थिति र राष्ट्रिय पहिचान झल्काउने उद्देश्यले झण्डा राखिएको…

Read More

काठमाडौं,२० भदौ। प्रधानमन्त्री बालेन शाहले संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरुमाथि सरकार निर्मम हुने बताएका छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरुको आक्रोश स्वाभाविक भएको र आफ्नो संसार गुमाएकाहरुको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको बताएका हुन्। पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरु अपराधि भएको शाहले बताएका छन्। पिडामा रहेका प्रभावित नागरिकरहरुबाट सरकारमाथि व्यक्त हुने आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्ने उनले बताए। ‘संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरु अपराधी हुन्। ती अपराधीहरुप्रति सरकार निर्मम हुनेछ,’ प्रधानमन्त्री शाहले लेखेका छन्। त्यस्तै उनले शनिवार नुवाकोटमा ६४ वर्षीया महिलाको…

Read More

काठमाडौं,१९ भदौ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवालगायत जिल्लाको शुक्रबार स्थलगत अनुगमन तथा अवलोकन गरेका छन्। अनुगमनका क्रममा आईजीपी कार्कीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले गरिरहेको उद्धार तथा खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का, राहत वितरणलगायतका कामबारे जानकारी लिएका छन्। उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग पनि छलफल गरेका थिए । छलफलमा प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणलाई प्रभावकारी बनाउने र समग्र विपद् व्यवस्थापनलाई व्यवस्थित तथा पारदर्शी रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो । बाढी प्रभावित क्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै आईजीपी कार्कीले…

Read More

भैरहवा, १९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका चारजना प्रदेश सभा सदस्यहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन कारवाही गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेर अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदलाई कारवाही गर्ने निर्णय गरेको हो । निष्काशित हुनेमा लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेको छन्। यी सांसदहरुले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएकाले निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ। निष्काशित कारवाही भएको पाण्डेय सहरी विकास ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री र अहिर आन्तरिक मामिला कानून,…

Read More

काठमाडौं,१८ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दानालगायत खरिद वितरणका क्रममा झुट्टा बिल भरपाईका आधारमा बढी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध बिहीवार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, तत्कालीन प्रशासकीय अधिकृत कुसियैतसहित पशु शाखा प्रमुख रमेशनारायण शर्मा, लेखापाल आशिषकुमार कामती र औरही गाउँपालिकाका–४ स्थित प्रगतिशील कृषक समूहका अध्यक्ष रामभजन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।…

Read More

काठमाडौं,१८ भदौ। सरकारले बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरु सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्। हेर्नुहोस् निर्णयहरु : १) एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर (५० लाख डलर) अनुदान सहायता स्वीकार गर्ने । २) रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सूचारु गर्न’ एकीकृत व्यावसायिक पुनस्र्थापन योजना’ अन्तर्गत राहत, कर तथा महसुल छुट लगायतका सहुलियत उपलब्ध गराउने । ३) साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत कुल २५,००० मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा…

Read More

काठमाडौं,१८ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै रसुवा बाढीबाट ज्यान गुमाएकाहरुको १३ औँ दिनको पुण्यतिथिका दिन भदौ २२ गते राष्ट्रिय शोक मनाउने र सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उनले बताए । र, यो पनि… यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

Read More

दाङ,१८ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच भेटवार्ता भएको छ। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा नेपाल इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सीप हस्तान्तरणका विषयमा छलफल भएको हो। भेटमा मुख्यमन्त्री आचार्यले नेपाल र इजरायलबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै शिक्षा र प्रविधिको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले कृषि, शिक्षा र प्रविधिको क्षेत्रमा थप सहकार्य गर्न सकिने बताए। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा ठूलो सम्भावना बोकेको प्रदेश भएकाले इजरायलसँगको सहकार्यलाई थप विस्तार गर्न प्रदेश सरकार इच्छुक रहेको बताए। विशेषगरी…

Read More

भैरहवा, १७ भदौ । नेपाल प्रहरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई तत्काल राहतस्वरुप जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एंव डीआईजी अभि नारायण काफ्लेका अनुसार, बुधवार आईजीपी दानबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहतस्वरुप संकलन गरिएको रकमबाट दिवंगत प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो। बैठकले रसुवाको भोटेकोशी बाढीबाट भएको क्षतिका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ। बाढीमा परेर हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीको खोजी कार्यलाई थप…

Read More