


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,६ कात्तिक। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको सम्बन्ध निकै घनिष्ठ र विशेष रहेको बताएका छन्। भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा बोल्दै उनले दुई देशबीच कहिलेकाहीँ उतारचढाव आए पनि सम्बन्धको आधार बलियो रहेको उल्लेख गरे। उनले नेपाल र भारतबीच कहिलेकाहीँ समस्या देखिए पनि त्यसले समग्र सम्बन्धलाई कमजोर नबनाउने बताए। उनले भने, ‘कहिलेकाहीँ उतारचढाव आउन सक्छन्, तर हामी एकअर्कासँग अभिन्नरुपमा जोडिएका छौं।’ वाग्लेले प्राकृतिक विपद्का बेला भारतले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको बताए। उनले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।…
काठमाडौं,६ कात्तिक। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा सुरक्षा जोखिमपछि आफ्ना वेबसाइट लगायतका सेवाहरु अस्थायी रुपमा बन्द गरेको छ । बैंकले शुक्रबार एक विज्ञप्ती जारी गर्दै वेब प्रविधिमा विश्वव्यापी रुपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि आफ्नो आधिकारिक वेबसाइट लगायतका सेवाहरु अस्थायी रुपमा बन्द गरेको जानकारी गराएको हो। उक्त अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित आवश्यक सूचना जानकारीका लागि बैंकको आधिकारिक सामाजिक संजालमार्फत उपलब्ध गराइने बताइएको छ।
अर्घाखाँची,६ कात्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरुको योगदान आवश्यक रहेको बताएका छन्। आफूले अध्ययन गरेको अर्घाखाँचीको मालारानी गाउँपालिका-६, रतनमारेस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यालयको विकासमा पूर्वविद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन्। विद्यालयबाट शिक्षा हासिल गरेर विभिन्न क्षेत्रमा पुगेका पूर्वविद्यार्थीहरुले आफ्नो ज्ञान, सीप, अनुभव र स्रोतलाई विद्यालयको विकाससँग जोड्न सके शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ थियो। लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पूर्वविद्यार्थीहरुको योगदान बढाउने गरी मेरो विद्यालय मेरो दायित्व कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालयको शैक्षिक उपलब्धि सुधार…
काठमाडौं, २ कात्तिक। राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति खारेज गर्न माग गर्दै कात्तिक ९ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले नियुक्ति प्रक्रिया पारदर्शी नभएको भन्दै सरकारसँग निर्णयको औचित्यबारे जवाफ माग गरेको छ। अभियानका संयोजक सुनिल सिंहले नियुक्तिले देशभक्त नेपाली नागरिकको अपमान भएको दाबी गर्दै निर्णय खारेज नभए संघर्षका कार्यक्रम अघि बढाउने बताए। अभियानका प्रतिनिधिहरुले डोल्माको नागरिकता, पृष्ठभूमि तथा नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै लुम्बिनी विकास कोषको नेतृत्वमा विषयविज्ञ, स्वच्छ छवि भएको र स्थानीय व्यक्तिलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गर्नुपर्ने माग गरेका छन्। अभियानकी अभियन्ता सफलता बोगटीले तीन…
गोरखा, २ कात्तिक। बूढीगण्डकीको बाढीले बगाएको गोरखा र धादिङ जोड्ने आरुघाटको मोटरेबल पुल ६ दिनमै मर्मत गरिएको छ। पुलको क्षतिग्रस्त भागमा २२ मिटर लामो र चार मिटर चौडाइको बेलिब्रिज जडान गरेपछि सवारी आवागमन सुरु भएको हो। गत असोज २५ गते आएको बाढीले पुलको गोरखातर्फको भाग बगाएपछि आरुघाट बजार र पृथ्वीराजमार्गबीचको आवागमन अवरुद्ध भएको थियो। दसैँका बेला उत्तरी गोरखाका बासिन्दालाई आवतजावतमा समस्या भएपछि गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले संयुक्त रुपमा मर्मतको काम गरेका हुन्। गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनका अनुसार रातदिन काम गरेर पुल मर्मत सम्पन्न गरिएको हो। पुलको दुवैतर्फ जीप तयार गर्ने काम कार्यालयले गरेको थियो…
भैरहवा, २ कार्तिक। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वलक्षित गर्दै सर्वसाधारणलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक घटनाबाट बच्न आवश्यक सावधानी अपनाउँदै सुरक्षित रुपमा पर्व मनाउन प्रहरीले सर्वसाधरणका लागि १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’ जारी गरेको छ। सोमबार जारी गरिएको ‘सेक्युरिटी एडभाइजरी’ मा घरको सुरक्षा, जुवा नखेल्न, व्यक्तिगत क्रियाकलाप सामाजिक संजालबाट प्रवाह नगर्नदेखि लिएर अपराधिक क्रियाकलाप नगर्नसम्म आग्रह गरिएको छ। पढ्नुहोस् प्रहरीले जारी गरेको ‘सेक्युरिटी एडभाइजरी’ :
लुम्बिनी, २ कार्तिक। लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयको विरोध सुरु भएको छ। लुम्बिनी बचाउ महाअभियान, राष्ट्रिय जेनजी नागरिक अभियान लगायतले नियुक्तिको विरोध गर्दै तत्काल निर्णय खारेज गर्न माग गरेका छन्। माग सम्बोधन नभए आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन्। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। उपाध्यक्षमा नियुक्त भएको डोल्माको नेपाली नागरिकताको प्रमाणपत्र, हङकङबाट आएको भनिएको करोडौँ रुपैयाँ र त्यससम्बन्धी विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानबिनबारे समेत प्रश्न उठाइएको छ। लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष…
दाङ,३१ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादसैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। वडादसैं–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले चाडपर्वहरु विविध जातजाति, भाषा, धर्म र संस्कृतिलाई जोड्ने साझा आधार भएको उल्लेख गरेका हुन्। यस्ता पर्वले नेपाली पहिचानलाई बलियो बनाउनुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उनको भनाई छ। उनले विविधताबीचको एकतालाई अझ सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै दसैंले नेपालीबीच सद्भाव र सहकार्यको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे। शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो…
भैरहवा,३१ असोज। रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलले दसैँ पर्वको बिदामा पनि आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवाहरु २४ घण्टा सञ्चालन गर्ने भएको छ। चाडपर्वका बेला बिरामीले सहज र समयमै उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले अस्पतालले बिदाको अवधिमा पनि नियमित रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ। अस्पतालले विगत एक दशकभन्दा अघिदेखि नै दसैँलगायतका चाडपर्वमा समेत आकस्मिक तथा आवश्यक स्वास्थ्य सेवाहरु निरन्तर प्रदान गर्दै आएको छ। अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले चाडपर्वका समयमा पनि बिरामीको उपचारमा कुनै अवरोध हुन नदिन अस्पतालले स्वास्थ्य सेवाहरु निरन्तर सञ्चालनमा राख्ने जानकारी दिए। अस्पताल प्रशासनका अनुसार, विदा अवधिमा अर्थोपेडिक सर्जरी, न्युरो सर्जरी, जनरल सर्जरी, ईएनटी…
काठमाडौं,३० असोज। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका कमजोरी र विकृति हटाउँदै कांग्रेसलाई थप सुदृढ बनाएर अघि बढ्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी आन्तरिक अलमलमा अल्झिएर बस्न नहुनेमा जोड दिएका हुन्। थापाले पार्टीलाई स्वच्छ र व्यवस्थित बनाउँदै विभिन्न पुस्तालाई जोडेर अघि बढ्नुपर्ने बताए। सामाजिक सञ्जालमा लोकप्रिय हुने प्रतिस्पर्धामा मात्रै सीमित नभई समसामयिक मुद्दामा गम्भीर छलफल र बहस गर्नुपर्ने उनको भनाइ थियो। समाजमा रहेका विभिन्न समस्या समाधान गर्न सबै प्रश्नको उत्तर आफूसँग नहुन सक्ने उल्लेख गर्दै उनले समस्याबाट भाग्नुभन्दा तिनको पहिचान र समाधानका लागि गहन विमर्श आवश्यक रहेको बताए। कांग्रेसलाई समयानुकूल बनाउँदै विभिन्न पुस्ताका विचार…