
भैरहवा,१ जेठ । रुपन्देही प्रहरीले भन्सार छली गरेर भित्राइएका विभिन्न सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ८ लाख ३९ हजार बढी मूल्य बराबरको तस्करीका सामग्री बरामद भएको जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीका अनुसार, जिल्लाको सिद्धार्थनगर नगरपालिका, ओमसतिया, कोटहीमाई, मर्चवारीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको विभिन्न स्थानबाट लत्ताकपडा, कस्मेटिक सामग्री, केरा, गाडीका पार्टपुर्जा, खाद्यन्नलगायत सामग्री बरामद भएको हो ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि भैरहवास्थित भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

