


वीरगन्ज,५ जेठ। वीरगन्जबाट सोमबार पक्राउ परेका दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्नका लागि प्रहरीले पर्सा जिल्ला अदालतबाट तीन दिनको अनुमति पाएको छ ।
मंगलबारका लागि तय भएको कार्यक्रममा सहभागी हुनका लागि वीरगन्ज पुगेका प्रसाईँलाई प्रहरीले राति एक होटलबाट पक्राउ गरेर आज अदालतमा उपस्थित गराएको थियो । जसपश्चात

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ।
प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

