


भैरहवा,२६ असार । रुपन्देही प्रहरीले सात किलो एक सय ग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-२ स्थित कटैयाका ४८ वर्षीय पाचु मल्लाह रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, पक्राउ परेका मल्लाहको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले खानतलासी गर्ने क्रममा पुजा कोठामा लुकाएर राखेको उक्त परिमाणको गाँजा बरामद भएको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

