


Get the latest creative news from FooBar about art, design and business.



काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको महाधिवेशनको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले २०८१ जेठ २८, २९ र ३० गते धनुषामा हुने महाधिवेशनका लागि कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन तथा चयनको कार्यक्रम २०८० चैत्र २० गते देखि २०८१ वैशाख २० गते सम्म गरिसक्नु पर्ने जसपाले जनाएको छ । त्यसैगरि निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्यालयमा २०८१ वैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने भनिएको छ । जसपाको प्रचार प्रसार तथा प्रकाशन विभागले सार्वजनिक गरेको कार्यक्रमअनुसार फागुन २५ गतेसम्म संगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गरिसक्नुपर्ने भनिएको छ । २०८० मङ्सिर ३० गतेभित्र पार्टी सदस्यता प्राप्त गरिसकेका…
भैरहवा, २५ माघ ।लुम्बिनी विकास बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताललाई ‘माइक्रो कन्ट्रोलर वेस अटो क्रेभ होरीजेन्टल मेसिन’ (मेडिकल उपकरण) खरिदका लागि रकम हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई बिहीबार १७ लाख ३६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । अस्पतालको सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार बैंकले प्रदान गरेको रकममा थपेर २३ लाख ७५ हजार ५ सय रुपैयाँको मेडिकल उपकरण (मेसिन) खरिद गरी अस्पतालमा जडान गरिसकिएको छ । अस्पतालमा उपचारार्थ बिरामीहरुको सुविधालाई मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेसिनका लागि बैंकले सहयोग…
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगरसभाको १५ औँ अधिवेशन सम्पन्न भएको छ । नगरसभाबाट चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम संसोधन गर्दै बिहिवार अधिवेशन सम्पन्न भएको हो । १३ औँ अधिवेशनबाट विनियोजन भएको बजेट र कार्यक्रमको विषयमा सभामा छलफल गरी सर्वसम्मतबाट आवश्यक कार्यक्रम संसोधन र रकमान्तर गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव नवराज पौड्यालले जानकारी दिए । त्यस्तै सभामा सभाध्यक्ष एवं नगर प्रमुख इश्तियाक अहमद खाँले नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरका विभिन्न स्थानमा स्मार्ट लाइट जडान गर्ने कार्य सम्पन्न भएको देखि लिएर २७ किलोमिटर नाला सहितको सडक,…
परासी । पश्चिम नवलपरासीमा इलाका प्रहरी कार्यालय बेलाटारीको नवनिर्मित भवनको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुबेर कडायतले उद्घाटन गरेका छन् । बुधबार एक कार्यक्रमका बीच डिआईजी कडायतले प्रतापपुर गाउँपालिका-९ मा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दैै उनले प्रहरी र समुदायले समाजबाट अपराधिक नियन्त्रण गर्न एक अर्काका सहयोगी बन्नु पर्ने बताए । समाजमा रहेका लागु औषध कारोबारी, अपराधिक गतिबिधि गर्ने समूह वा व्यक्तिलाई नियन्त्रण गर्न जरुरी रहेको र त्यसको लागि प्रहरी र समुदाय एक अर्काको सहयोगी बन्नु पर्ने उनले सुझाए । प्रहरीद्वारा पुर्याइने सेवा सुविधामा कुनै प्रकारको बहाना बाजि गर्न नहुने धारणा राख्दै सुरक्षाकर्मीले आफ्नो…
दाङ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरूमा दादुरा रुबेलाको महामारी देखिएको छ । कोभिड–१९ ले गर्दा नेपालमा दादुरा रुबेलाको खोप लगाउन छुटेका बालबालिकाहरुको संख्यामा बृद्धि भई २०७९/०८० मा दादुराको महामारी देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ । लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषण भएपनि २०७९ मंसिर ३ देखि २०८० पुष १५ गतेसम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेका थिए । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय २१ जना दादुरा रुबेलाबाट बालबालिका संकमित भएका थिए…
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालय नगरपालिका स्तरीय कक्षा ८ (आभारभूत तह) को वार्षिक परिक्षाको समय तालिका सार्वजनिक गरेको छ । आगामी चैत २ गते देखि चैत ९ गते सम्म परिक्षा संचालन हुने गरी बुधवार कार्यालयले परिक्षाको समय तालिका सार्वजनिक गरेको हो । नगरपालिकाको १२ सामुदायिक, २७ संस्थागत र एक धार्मिक गरी कुल ४० वटा विधालयमा परिक्षा संचालन हुने सिद्धार्थनगर नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । उनका अनुसार परिक्षामा कुल एक हजार ८ सय ९४ विधार्थी सहभागी हुनेछन् । जसमध्ये सामुदायिकबाट ६ सय ९१ र संस्थागतबाट एक हजार दुई सय तीन जना विधार्थी रहेका…
भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भने, ‘राजस्वकाे लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहाेस् ।’ उनले जिम्मेवारीबाट पन्छिन कसैलाई छुट नरहेको भन्दै प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट कर्मचारी सन्तुष्टि हुनुपर्ने बताए । उनले भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिए । ‘कार्यरत कर्मचारीहरु एक वर्ष नभइ सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन,…
काठमाडौं, २४ माघ। अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ६१ किलो सुन प्रकरणको प्रतिवादी अमला रोका विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेपाल प्रहरीको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरुद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए । उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ। यसअघि साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमानस्थल भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । १९ दिनपछि अनुसन्धानका लागि सीआईबीलाई विभागले फाइल बुझाएको थियो।
काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए । सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमासर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई दलित र मुसहर बस्तीमा गर्नुपर्ने बताए । उनले सर्वदलीय बैठक गर्ने प्रस्ताव गरेका विषय यी हुन् : १. आर्थिक शिथिलता, आम नैराष्य र युवा पलायनका लागि युवा केन्द्रित प्रोजेक्ट होपको विषय । २. सुशासन र भ्रष्टाचार नियन्त्रण । ३. रुग्ण भौतिक पूर्वाधार…
बुटवल, २३ माघ । बुटवल १४ मा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु भएको छ। मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो। नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरण गर्नका लागि सबै प्रकारको सहयोग गर्ने बताए। उनले नापजाँचमा बुटवल उपमहानगरपालिकाले २५ जना कर्मचारी खटाएको बताउँदै नापजाँच गर्ने कर्मचारी र उपकरणको अभाव हुन नदिने बताए। उनले अव्यवस्थित बसोबासीको पूर्जावापत लिइने राजश्व रकम धेरै भएकाले प्रधानमन्त्रीलाई जानकारी गराउँदै राजश्व रकम घट्नेमा विश्वास व्यक्त गरे। उनले नापजाँच भएर प्रक्रिया पूरा भएका जग्गाको पूर्जा वितरण गर्नका लागि भूमि आयोगलाई आग्रह गरे। उनले पटकपटक नापजाँच गर्ने र…