


Get the latest creative news from FooBar about art, design and business.



काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गरेका छन् । परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए । सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए । ‘अस्ट्रेलिया र नेपाल निकटका…
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरीका ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुको (डीआईजी) काज सरुवा गरेका छन् । डीआईजी गणेशबहादुर ठाडामगरलाई नम्बर–३ गढीमाई मुख्यालय मकवानपुरमा सरुवा गरिएको छ भने नम्बर–६ बाहिनी सुर्खेतमा डीआईजी दुर्गाप्रसाद भट्टराईलाई पठाइएको छ । त्यस्तै डीआईजी लक्ष्मणबहादुर सिंहलाई प्रधान कार्यालयस्थित सीमा सुरक्षा विभाग र डीआईजी प्रदीपकुमार पाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौँ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो । नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउने जनाएको छ । महाशाखाका अनुसार आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिला ४, आदिवासी(जनजाति २, मधेसी २, दलित १ र अपाङ्गता भएकाहरुका लागि १ पदमा विज्ञापन खुलेको हो । आवेदन विज्ञापन सूचना प्रकाशन भएको मितिले…
भैरहवा । नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेशीसहित प्रहरी जवान पदका एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । त्यसैगरी भान्छेका लागि ६३, हजाम ७ जना, कुचिकार २० जना र खेलाडी १४ जनाका लागि पनि आवेदन आव्हान भएको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले चैत ९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
बुटवल । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआईसियु) सेवा सुरु भएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गरेका हुन। परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने सुविधा सहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक सी को पहिलो तल्ला र २८ दिन देखि १४ वर्ष सम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक सी तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताए। उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पतालहरू व्यवस्थापन गर्दै आएको बताउँदै अहिले मन्त्रालयबाट सबैभन्दा…
मोरङ । चाँदीका गहना र साम्रगीहरु सहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया आमगाछी पञ्चायत–१३ का २२ वर्षीय मोहम्मद अलताफ रहेका छन् । अवैध रुपमा चाँदीका साम्रगीहरुको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीको टोलीले मोरङको रङ्गेली नगरपालिका–७ कालीमन्दिर चोकबाट अलताफलाई चाँदी सहित पक्राउ गरेको हो । पक्राउ परेका आरोपीको साथबाट २ किलो ५४८ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । जसमध्ये चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
भैरहवा । अवैध तरिकाले ब्यक्तिले दर्ता गराएको शवदहन स्थल (मसान घाट) को जग्गालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले “सार्वजनिक जग्गा” कायम गर्ने निर्णय गरेको छ । रुपन्देहीको साविक भुजौली (हाल सिद्धार्थनगर नगरपालिकां) ७ क कित्ता नम्बर ६१ को १ बिगहा ११ कठ्ठा ५ धुर जग्गा लामो समय देखि सार्वजनिक रुपमा (घाटको रुपमा) उपयोग हुँदै आएको थियो । अर्घाखाँचीको साविक मैदान गाविस–५ बस्ने फर्शुराम घिमिरेले अवैध तरिकाले उक्त जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । सार्वजनिक र मसानघाटको जग्गा व्यक्तिका नाममा दर्ता गरिए पछि यसको चर्को आलोचना भएको थियो । घटनालाई जानकारीमा लिदै यसबारे जिल्ला प्रशासनले छानविन थालेको थियो । अहिले उक्त…
काठमाडौं । प्रस्तावित फिल्म सेन्सर कार्यविधिलाई सच्याउन केन्द्रीय चलचित्र जाँच समिति (फिल्म सेन्सर बोर्ड) लचक भएको छ । कार्यविधिका केही प्रावधानलाई लिएर तीव्र विरोध भएपछि बोर्डले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा फिल्मसम्बद्ध संघसंस्थासँग छलफल गरेको थियो । छलफलमा विवादित प्रावधानलाई सच्याउन बोर्ड तयार देखिएको बैठकमा सहभागी चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए । उनका अनुसार बोर्डले सबै संस्थाको साझा रायसुझाव पेश गर्न एक साताको समय दिएको छ । ‘सबै फिल्म संघसंस्थाले कार्यविधिमा समावेश गर्नुपर्ने बुँदाहरुमा साझा धारणा बनाएर पेश गर्न एक साताको टाइम दिनुभएको छ,’ खड्काले भने, ‘बोर्ड अध्यक्ष नेत्र सुवेदीले सच्याउनुपर्ने विषय कुन हो, त्योबारे धारणा…
भैरहवा । नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय कार्यासमितिले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ । यस्तै, आश्रममा आश्रित बालबालिकालाई सामूहिक भोजनसमेत गराइएको छ । बिहीबार संघको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको समन्वयमा आश्रममा पुगेर सामूहिक भोजन, शैक्षिक सामाग्री र खाद्यान्न वितरण गरिएको हो । संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी पराजुली कुँवर, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायत, संघका लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विक लगायतले आश्रममा सहयोग हस्तान्तरण गरेका हुन् । संघकी अध्यक्ष कुँवरले आवश्यकताका आधारमा आफूहरुले विभिन्न ठाउँमा सहयोग गर्दै आएको जनाइन् । भोलिका…
काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटामा बिहीबार प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लगायत दलका नेताहरु सहभागी थिए । राष्ट्रिय समन्वय परिषद् दोस्रो बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं पुगेका हुन् ।