Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीका आधारमा अख्तियारको टोलीले खत्रीलाई घुससहित नियन्त्रणमा लिएको थियो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, सेवाग्राहीसँग १ लाख ६० हजार घुस लिएको पुष्टि हुनआएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर ठहर भएकाले बिगो रकम १ लाख ६० हजार रुपैयाँ कायम गरी उनीविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो । अख्तियारले खत्रीलाई ऐनको…

Read More

भैरहवा, २२ साउन । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तरगतको बम्पर उपहारको नतिजा सार्वजनिक गरेसँगै योजनाप्रति उपभोक्ताहरुको चासो बढेको छ । उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्दै कर प्रणालीलाई थप पारदर्शी बनाउनका लागि योजना संचालनमा ल्याइएको हो । यस कार्यक्रम अन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ नगद र अन्य १५ जनालाई एक–एक लाख रुपैयाँको उपहार जितेका छन्। आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मराज भुसालका अनुसार, गोपनीयता कायम गर्नका लागि नगद उपहार पाउनेहरुको परिचय खुलाइएको छैन। शुक्रवार नतिजा सार्वजनिक भएसँगै कार्यक्रममा कसरी सहभागी हुने विषयमा उपभोक्ताहरुमा अन्यौलता देखिएपछि हामीले यहाँ…

Read More

दाङ,२२ साउन । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ। यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्ने बताइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा सञ्चार प्रविधि परिषद् को बैठकमा प्रदेश सरकारका सूचना तथा सेवा प्रणालीलाई प्रविधिमैत्री, सुरक्षित, पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा विस्तृत छलफल तथा प्रस्तुतीकरण गरिएको हो। बैठकमा चालु आर्थिक वर्षमा सूचना प्रविधिको पूर्वाधार विकास तथा स्तरोन्नतिका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ। प्रदेश सरकारले एकद्वार…

Read More

मर्चवार। रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ का युवा समाजसेवी रामजीत लोधले सामाजिक सेवाको निरन्तरतासँगै धार्मिक क्षेत्रमा समेत योगदान पुर्‍याएका छन्। उनले गाउँपालिका–७, चुन्नीडिहवास्थित शिव मन्दिरमा जीर्ण तथा खण्डित अवस्थामा रहेको शिवलिङ विसर्जन गरी नयाँ शिवलिङ स्थापना गराएका छन्। यसअघि लोधले शुद्धोधन गाउँपालिकाको वडा नं. ६ र ७ मा रहेका तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत ९ सय जना विद्यार्थी तथा शिक्षकलाई सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत लगानीमा विद्यालय पोसाक उपलब्ध गराएका थिए। विद्यालय क्षेत्रमा सहयोगपछि उनले चुन्नीडिहवास्थित शिव मन्दिरमा पुरानो शिवलिङ जीर्ण भएपछि नयाँ शिवलिङ स्थापना गर्ने पहल गरेका हुन्। शिवलिङ स्थापनाअघि तीनदिने धार्मिक अनुष्ठान आयोजना गरिएको थियो। भारतबाट ल्याइएको शिवलिङलाई पर्रोहा परमेश्वर मन्दिरसहित…

Read More

काठमाडौं,२२ साउन। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पहिलो बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ नगद बम्पर उपहार जितेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विजेताको घोषणा गरेका हुन्। विभागका अनुसार, कुपन नम्बर ००७३१५२५४४९३ का उपभोक्ता बम्पर उपहारका विजेता बनेका हुन्। विभागले साउन १ देखि १५ गतेसम्मको कारोबारका आधारमा बम्पर विजेतासँगै पहिलो १५ दिनमा अन्य १५ उपभोक्ताहरुले पनि एक-एक लाख रुपैयाँ नगद उपहार जितेका छन्। यो अवधिमा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद गरी…

Read More

काठमाडौं,२२ साउन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइनमार्फत इजाजतपत्रका लागि आवेदन दिन आग्रह गरेको छ। विभागले राजपत्रमा प्रकाशित व्यवस्था अनुसार, यस्तो कारोबारका लागि इजाजतपत्र अनिवार्य रहेको स्मरण गराउँदै तोकिएको समयभित्र आवेदन दिन अनुरोध गरेको हो। विभागका अनुसार एकपटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थाले पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि अनलाइन आवेदन दिए पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा…

Read More

बुटवल,२१ साउन । पहिरोका कारण अवरुद्ध भएको बुटवल–पाल्पा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ स्थित गौडेपुल नजिक आज बिहान करिब १० बजे पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार हाल एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गरी गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ। सडकलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन पहिरो पन्छाउने कार्य भने निरन्तर जारी रहेको प्रहरीले जनाएको छ। दुईतर्फी यातायात सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको छ। पहिरोका कारण सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायतका जिल्लातर्फ जाने तथा ती क्षेत्रबाट बुटवल आउने सवारीसाधन प्रभावित भएका…

Read More

काठमाडौं,२१ साउन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रुपमा विभाजन भएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वरास्वपा नेता सन्तोष परियारलगायतको सहभागितामा पार्टी गठन भएको थियो । अध्यक्ष परिषद्का सदस्य दुर्गा सोब र सन्तोष परियारबीच अलग–अलग पार्टी सञ्चालन गर्ने सहमति भएपछि विभाजन औपचारिक बनेको हो। सहमति अनुसार, बाबुराम भट्टराईले प्रलोपा गठनअघि स्थापना गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः सक्रिय हुने भएको छ। जसको नेतृत्व दुर्गा सोबले गर्नेछिन्। उक्त पार्टीले ‘आँखा’ चुनाव चिह्न कायम राख्नेछ। यता सन्तोष परियारको नेतृत्वमा भने प्रगतिशील लोकतान्त्रिक पार्टी नै रहनेछ। नयाँ चुनाव चिह्नका रुपमा आँखाबाहेक तीन रङको चिह्न लिन आवश्यक प्रक्रिया अघि…

Read More

भैरहवा,२१ साउन । भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएका कपडासहितका विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर भित्राइएको २ लाख बढी मूल्य बराबरको कपडालगायतका सामग्री बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्ण कुमार चन्दका अनुसार, बेलहिया बसपार्कबाट साडी, चिनी, मिठाई लगायत र ओमसतिया गाउँपालिका–१ स्थित कटैयाबाट साडी र लेडिज कुर्ती–सुरुवाल बरामद भएको हो .। बरामद सामग्री आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,२१ साउन। देशभरि खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी समस्या देखिए सिधै गुनासो गर्न आग्रह गरेको छ। उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले आज एक सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ भए सिधै सम्पर्क गर्न आग्रह गरेको हो। कुनै पनि उपभोक्ताले बजारमा ग्यासको प्राप्ती, कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी तथा आपूर्तिमा कुनै समस्या देखे मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् । प्राप्त गुनासोका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने सूचनामा उल्लेख छ ।

Read More