


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२३ साउन। लुम्बिनी प्रदेशका १२ जिल्लाका पर्यटकीय गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन व्यवसायी एकजुट भएका छन्। पर्यटन व्यवसायीको हकहितसँगै प्रदेशका गन्तव्यको प्रवर्द्धन गर्न पहिलोपटक होटल संघ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन गरिएको हो। बुटवलमा आयोजित कार्यक्रममा रुपन्देहीका पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति घोषणा गरिएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा प्रवीणबहादुर पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा, द्वितीय उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ र महासचिवमा टेकनाथ बस्याल रहेका छन्। समितिले प्रदेशका विभिन्न जिल्लामा रहेका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय गन्तव्य पहिचान गरी तिनको प्रवर्द्धन गर्ने जनाएको छ। समितिका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटनको प्रचुर सम्भावना बोकेको लुम्बिनी प्रदेशका गन्तव्यलाई…
भैरहवा,२३ साउन। रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसीएमएस) ले अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान सेवा तथा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले रेडियोलोजी विभागको ‘रजत जयन्ती’का अवसरमा शनिबारदेखि दुवै सेवा सुरु गरेको हो। ०५४ सालमा स्थापना भएको अस्पतालले बिरामीलाई आधुनिक तथा गुणस्तरीय रेडियोलोजिकल निदान सेवा उपलब्ध गराउने उद्देश्यले १२८ स्लाइसको नयाँ सिटी स्क्यान र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले बताए। उनका अनुसार, नयाँ प्रविधिसहितको सिटी स्क्यान सेवा सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामीलाई थप गुणस्तरीय स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध हुनेछ। अत्याधुनिक सिटी स्क्यान सेवाले यस क्षेत्रका बिरामीलाई थप सहजता प्रदान गर्ने र आवश्यक…
काठमाडौं,२२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीका आधारमा अख्तियारको टोलीले खत्रीलाई घुससहित नियन्त्रणमा लिएको थियो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, सेवाग्राहीसँग १ लाख ६० हजार घुस लिएको पुष्टि हुनआएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर ठहर भएकाले बिगो रकम १ लाख ६० हजार रुपैयाँ कायम गरी उनीविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो । अख्तियारले खत्रीलाई ऐनको…
भैरहवा, २२ साउन । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तरगतको बम्पर उपहारको नतिजा सार्वजनिक गरेसँगै योजनाप्रति उपभोक्ताहरुको चासो बढेको छ । उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्दै कर प्रणालीलाई थप पारदर्शी बनाउनका लागि योजना संचालनमा ल्याइएको हो । यस कार्यक्रम अन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ नगद र अन्य १५ जनालाई एक–एक लाख रुपैयाँको उपहार जितेका छन्। आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मराज भुसालका अनुसार, गोपनीयता कायम गर्नका लागि नगद उपहार पाउनेहरुको परिचय खुलाइएको छैन। शुक्रवार नतिजा सार्वजनिक भएसँगै कार्यक्रममा कसरी सहभागी हुने विषयमा उपभोक्ताहरुमा अन्यौलता देखिएपछि हामीले यहाँ…
दाङ,२२ साउन । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ। यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्ने बताइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा सञ्चार प्रविधि परिषद् को बैठकमा प्रदेश सरकारका सूचना तथा सेवा प्रणालीलाई प्रविधिमैत्री, सुरक्षित, पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा विस्तृत छलफल तथा प्रस्तुतीकरण गरिएको हो। बैठकमा चालु आर्थिक वर्षमा सूचना प्रविधिको पूर्वाधार विकास तथा स्तरोन्नतिका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ। प्रदेश सरकारले एकद्वार…
मर्चवार। रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ का युवा समाजसेवी रामजीत लोधले सामाजिक सेवाको निरन्तरतासँगै धार्मिक क्षेत्रमा समेत योगदान पुर्याएका छन्। उनले गाउँपालिका–७, चुन्नीडिहवास्थित शिव मन्दिरमा जीर्ण तथा खण्डित अवस्थामा रहेको शिवलिङ विसर्जन गरी नयाँ शिवलिङ स्थापना गराएका छन्। यसअघि लोधले शुद्धोधन गाउँपालिकाको वडा नं. ६ र ७ मा रहेका तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत ९ सय जना विद्यार्थी तथा शिक्षकलाई सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत लगानीमा विद्यालय पोसाक उपलब्ध गराएका थिए। विद्यालय क्षेत्रमा सहयोगपछि उनले चुन्नीडिहवास्थित शिव मन्दिरमा पुरानो शिवलिङ जीर्ण भएपछि नयाँ शिवलिङ स्थापना गर्ने पहल गरेका हुन्। शिवलिङ स्थापनाअघि तीनदिने धार्मिक अनुष्ठान आयोजना गरिएको थियो। भारतबाट ल्याइएको शिवलिङलाई पर्रोहा परमेश्वर मन्दिरसहित…
काठमाडौं,२२ साउन। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पहिलो बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ नगद बम्पर उपहार जितेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विजेताको घोषणा गरेका हुन्। विभागका अनुसार, कुपन नम्बर ००७३१५२५४४९३ का उपभोक्ता बम्पर उपहारका विजेता बनेका हुन्। विभागले साउन १ देखि १५ गतेसम्मको कारोबारका आधारमा बम्पर विजेतासँगै पहिलो १५ दिनमा अन्य १५ उपभोक्ताहरुले पनि एक-एक लाख रुपैयाँ नगद उपहार जितेका छन्। यो अवधिमा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद गरी…
काठमाडौं,२२ साउन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइनमार्फत इजाजतपत्रका लागि आवेदन दिन आग्रह गरेको छ। विभागले राजपत्रमा प्रकाशित व्यवस्था अनुसार, यस्तो कारोबारका लागि इजाजतपत्र अनिवार्य रहेको स्मरण गराउँदै तोकिएको समयभित्र आवेदन दिन अनुरोध गरेको हो। विभागका अनुसार एकपटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थाले पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि अनलाइन आवेदन दिए पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा…
बुटवल,२१ साउन । पहिरोका कारण अवरुद्ध भएको बुटवल–पाल्पा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ स्थित गौडेपुल नजिक आज बिहान करिब १० बजे पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार हाल एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गरी गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ। सडकलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन पहिरो पन्छाउने कार्य भने निरन्तर जारी रहेको प्रहरीले जनाएको छ। दुईतर्फी यातायात सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको छ। पहिरोका कारण सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायतका जिल्लातर्फ जाने तथा ती क्षेत्रबाट बुटवल आउने सवारीसाधन प्रभावित भएका…
काठमाडौं,२१ साउन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रुपमा विभाजन भएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वरास्वपा नेता सन्तोष परियारलगायतको सहभागितामा पार्टी गठन भएको थियो । अध्यक्ष परिषद्का सदस्य दुर्गा सोब र सन्तोष परियारबीच अलग–अलग पार्टी सञ्चालन गर्ने सहमति भएपछि विभाजन औपचारिक बनेको हो। सहमति अनुसार, बाबुराम भट्टराईले प्रलोपा गठनअघि स्थापना गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः सक्रिय हुने भएको छ। जसको नेतृत्व दुर्गा सोबले गर्नेछिन्। उक्त पार्टीले ‘आँखा’ चुनाव चिह्न कायम राख्नेछ। यता सन्तोष परियारको नेतृत्वमा भने प्रगतिशील लोकतान्त्रिक पार्टी नै रहनेछ। नयाँ चुनाव चिह्नका रुपमा आँखाबाहेक तीन रङको चिह्न लिन आवश्यक प्रक्रिया अघि…