Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२१ साउन। देशभरि खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी समस्या देखिए सिधै गुनासो गर्न आग्रह गरेको छ। उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले आज एक सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ भए सिधै सम्पर्क गर्न आग्रह गरेको हो। कुनै पनि उपभोक्ताले बजारमा ग्यासको प्राप्ती, कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी तथा आपूर्तिमा कुनै समस्या देखे मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् । प्राप्त गुनासोका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने सूचनामा उल्लेख छ ।

Read More

कपिलवस्तु,२१ साउन । कपिलवस्तुको तिलौराकोटस्थित संग्रहालयमा विदेशी पर्यटक आगमनको संख्या घटेको छ। संग्रहालयको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८२/८३ मा सार्क मुलुकका ९६८ र तेस्रो मुलुकका ६०६ गरी कुल १,५७४ विदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सार्क मुलुकका एक हजार ९ सय ९७ र तेस्रो मुलुकका ७ सय ६१ गरी कुल दुई हजार ७ सय ५८ विदेशीले संग्रहालय अवलोकन गरेका थिए। यता स्वदेशी पर्यटकको संख्या भने बढेको छ । गत आर्थिक वर्ष २०८२/८३ वर्ष ३,४९७ विद्यार्थी र ३,१६० स्वदेशी पर्यटक गरी ६,६५७ जनाले संग्रहालयको अवलोकन गरेका थिए । त्यस्तै अघिल्लो वर्ष दुई हजार ६ सय ४२…

Read More

काठमाडौं,२० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा.राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार, भ्याक्सिनेटरमार्फत सम्पन्न गरिएको पशु खोप कार्यक्रमको भुक्तानी रकम उपलब्ध गराएबापत सेवाग्राहीबाट कमिसन माग गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अख्तियारले दुवै जनालाई घुस रकमसहित पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा कार्यालय प्रमुख डा. दास र सवारी चालक यादवले भ्याक्सिनेटरहरुले पाउनुपर्ने पारिश्रमिक भुक्तानी गरिदिएबापत २० प्रतिशत रकम कमिसनका रुपमा माग गरेको र सोही क्रममा १ लाख ३२ हजार ३५० रुपैयाँ घुस रकम लिएको देखिएको आयोगको दाबी…

Read More

काठमाडौं,२० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रुपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको साउन १३ गते बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार अभियान साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए। अभियानमार्फत नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने तथा आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइएको र त्यसका लागि हरेक दिन दुई जना केन्द्रीय सदस्य तथा एक जना प्रतिनिधिसभा सदस्यको अनिवार्य उपस्थिति रहने रास्वपाले जनाएको छ।

Read More

सिरहा, २० साउन । सिरहा प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका सबरजीत दासलाई चेकजाँच गर्दा उनको साथबाट ९ एमएमको म्याग्जिनसहितको पेस्तोल बरामद भएको र घटनामा संग्लन तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं,२० साउन । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले लामो समयदेखि बाँकी रहेको बक्यौता रकम असुली प्रक्रिया अघि बढाएको छ। यसअन्तर्गत ६२ वटा जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गर्न निर्देशन दिइएको छ। महामन्त्री ऋषिरमण खनालद्वारा जारी पत्रमा तोकिएको समयभित्र सम्पूर्ण बक्यौता रकम खातामा जम्मा गरी भौचर वा अन्य प्रमाणसहित केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ। केन्द्रीय कार्यालयका अनुसार, विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन, साथै समाज कल्याण परिषद्को सुझावका आधारमा बक्यौता उठाउने प्रक्रिया अघि बढाइएको हो। ती जिल्ला शाखाहरुमा ब्लड ब्याग, किटलगायत विभिन्न शीर्षकमा करिब २५ वर्षदेखि झन्डै २ करोड रुपैयाँ बक्यौता रहेको बताइएको छ। तोकिएको…

Read More

दाङ,२० साउन । प्रहरीले जंगलमा लुकाएर राखिएको ५५ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, साउन १६ देखि १९ गतेसम्म संचालन गरिएको अप्रेसनको क्रममा जिल्लाको विभिन्न जंगलमा लुकाएर राखिएको ५५ थान भरुवा बन्दुक बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीहरुले बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा खोजतलास गरेको थियो। खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ का हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट…

Read More

भैरहवा, २० साउन । तिव्र गतिमा सवारी साधन चलाउने ३१ जनालाई रुपन्देही ट्राफिक प्रहरीले कारवाही गरेको छ । बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले तिलोत्तमा नगरपालिका–१५ स्थित सिद्धार्थ राजमार्गमा जडान गरिएको एएनपीआर (अटोमेटिक नम्बर प्लेट रिकग्निसन) प्रविधिमार्फत सवारी साधन गतिको सीमा उल्लंघन गर्ने ३१ जनालाई जरिवाना कारवाही गरिएको जनाएको छ। रुपन्देही ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार, सडक दुर्घटना न्यूनीकरण तथा चालकमा जिम्मेवारीबोध अभिवृद्धि गर्नका लागि निरन्तर सचेतनामूलक कार्यक्रमका साथै कारवाही गर्ने गरिएको छ। एएनपीआर प्रविधिबाट सवारीसाधनको नम्बर प्लेट स्वतः पहिचान गरी तोकिएको गति सीमा नाघ्ने सवारीसाधनका चालकलाई प्रचलित कानुनअनुसार कारवाही गरिँदै आएको कार्यालयले जनाएको छ। जिल्ला…

Read More

काठमाडौं,२० साउन। एलपीजी ग्यासको आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम (क्यूआरटी) गठन गरेको छ। निगमका अनुसार, उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरु सम्मिलित उक्त संयन्त्रले देशका जुनसुकै स्थानमा ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नेछ। टिममा उद्योग मन्त्रालयका तर्फबाट मङ्गल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका तर्फबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्। पछिल्लो समय विभिन्न स्थानमा एलपीजी ग्यास नपाएको गुनासो बढ्न थालेपछि समस्या छिटो सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको…

Read More

काठमाडौं,२० साउन। सरकारले बुधवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका ७ वटा निर्णयहरु सार्वजनिक गरेका हुन्। यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु: १. तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने । २. दोस्रो, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब काठमाडौँलाई नियुक्ति गर्ने। ३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने । ४. पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रुपमा नेपाल राज्यभर लागू गर्ने । ५. बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक…

Read More