


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,६ असोज। सरकारले विपद् प्रभावितको राहत तथा उद्धारका लागि सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १५ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा गरी ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ मौज्दात रहेको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर मौज्दात रहेको छ। सबै खातामा गरी कुल रकम १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ पुगेको छ। सरकारले यस कोषमा जम्मा भएको रकममध्ये यसअघि…
काठमाडौं,६ असोज। सशस्त्र प्रहरी बल, नेपालको प्रहरी निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक भएको छ। २०८२ पुस ४ गते प्रकाशित विज्ञापन अनुसार, खुला प्रतियोगिताबाट पदपूर्ति गर्न सञ्चालन गरेको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको हो । आईक्यू परीक्षा, लिखित परीक्षा, गुणमापक परीक्षा, शैक्षिक योग्यताबापतको अङ्क र अन्तर्वार्ता परीक्षामा प्राप्त अङ्कको कुल योगका आधारमा योग्यताक्रम निर्धारण गरी उम्मेदवारहरु उत्तीर्ण भएको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं,६ असोज। निर्वाचन आयोगले आगामी निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएको छ। आयोगले नामावलीमा रहेका त्रुटि सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी–विरोध दर्ता गर्न असोज १२ गतेसम्मको समय दिएको छ। गत भदौ १५ गतेसम्म नाम दर्ता गराएका मतदाताको विवरण प्रारम्भिक नामावलीमा समावेश गरिएको छ। नाम, थर वा जन्ममितिमा त्रुटि भए आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिएर सच्याउन सकिने व्यवस्था गरिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। त्यस्तै, मतदाता हुन अयोग्य व्यक्ति, नागरिकता त्याग गरिसकेका व्यक्ति वा अन्य कारणले नाम हटाउनुपर्ने अवस्था भए उजुरी तथा निवेदन दिन सकिने आयोगले जनाएको छ।…
काठमाडौं,६ असोज। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ ७ बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार, प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको बताइएको छ।
भैरहवा,६ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एंव प्रहरी निरीक्षक प्रतिमा कार्कीलाई भदौ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको छ। लुम्बिनी प्रदेशभरमा रुपन्देहीमा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी निरीक्षक कार्कीलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीले जनाएको छ। रुपन्देही जिल्लामा भएका सवारी दुर्घटनाको तथ्याङ्क विश्लेषण गरी ७ वटा उच्च दुर्घटना जोखिम क्षेत्र पहिचान गर्दै सातैवटा दुर्घटना जोखिम क्षेत्रमा दुर्घटना जोखिम क्षेत्रसम्बन्धी चेतावनी संकेत बोर्ड जडान गरिएको छ। यसले जोखिमयुक्त सडक क्षेत्रमा चालक तथा पैदलयात्रीलाई आवश्यक पूर्वसूचना…
मर्चवार, ६ असोज। ‘तपाईंजस्तो बन्न कति पढ्नुपर्छ ?’ कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीले गरेको यो प्रश्नले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवलाई केहीबेर सोच्न बाध्य बनायो। सामाजिक विषयअन्तर्गत स्थानीय सरकारसम्बन्धी पाठको अध्ययनपछि स्थानीय तहको कार्यालय अवलोकनका लागि गाउँपालिका पुगेका प्रज्ञा गुरुकुल आश्रमका विद्यार्थीले यादवलाई उक्त प्रश्न गरेका थिए। विद्यार्थीको जिज्ञासाको जवाफ दिँदै यादवले आफ्नो अध्ययन तथा संघर्षका अनुभव सुनाए। उनले सानै उमेरदेखि अध्ययनमा ध्यान केन्द्रित गर्दै कडा मेहनत र निरन्तर प्रयास गरे लक्ष्य हासिल गर्न सकिने भन्दै विद्यार्थीलाई मेहनतका साथ अध्ययन गर्न सुझाव दिए। यादवले विद्यार्थीहरुलाई आफूलाई लागेका विषयमा खुलेर प्रश्न गर्न आग्रह गरेपछि विद्यार्थीहरुले गाउँपालिकामा भइरहेका…
भैरहवा, ५ असोज । रुपन्देहीको भैरहवाका लागि हुन्डाईको आधिकारिक विक्रेता जगत मोटर्स प्रालिले नयाँ कम्प्याक्ट एसयूभी ‘अल–न्यू भेन्यू’ सार्वजनिक गरेको छ। सोमबार भैरहवास्थित जगत मोटर्स प्रालिको सोरुममा आयोजित कार्यक्रममा जगत मोटर्स प्रालिका अध्यक्ष राम थापा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले संयुक्त रुपमा नयाँ भेन्यू सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष आचार्यले नयाँ मोडलका गाडी बजारमा भित्रिएसँगै आर्थिक गतिविधि थप चलायमान हुने बताए। जगत मोटर्सका प्रबन्ध निर्देशक रिश्चल थापाले विगत आठ वर्षदेखि ग्राहकलाई सेवा प्रदान गर्दै आएको जगत मोटर्सले उच्च प्रविधि र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्दै आएको बताए। हुन्डाईद्वारा उत्पादित नयाँ भेरियन्टका गाडी ग्राहकसमक्ष…
लुम्बिनी,५ असोज । लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना चिनियाँ भाषा र भोट बौद्ध अध्ययन कार्यक्रममा अध्ययनरत विद्यार्थी चीनको हाइनान प्रान्त प्रस्थान गरेका छन्। आइनानस्थित सान्या सहरको नानहाई बौद्ध एकेडेमीमा एक वर्षे अध्ययन तथा आदानप्रदान कार्यक्रमका लागि उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन्। ३१ जना मध्ये भोट बौद्ध अध्ययनका ९ जना लामा र १ जना आनी छन् भने २१ जना गृहस्थ विद्यार्थी हुन्। चीन जाने विद्यार्थीहरुको चिनियाँ भाषामा राम्रो आधार छ । २१ जना गृहस्थ विद्यार्थीले चिनियाँ भाषा दक्षता परीक्षाको तेस्रो तह उत्तीर्ण गरेका छन् । १० लामा र आनीहरुले दोस्रो तह उत्तीर्ण गरेका छन्। अध्ययन–आदानप्रदान अवधिमा उनीहरूले चिनियाँ भाषा, चिनियाँ बौद्ध…
नेपालगञ्ज, ४असोज। प्रहरीले बाँकेको नेपालगञ्जबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ का ३० वर्षीय देशराज चौहान (लोनिया) र उनकी श्रीमती २५ वर्षीया पुजा लोनिया रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको टोलीलले खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरुलाई १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइनसहित नेपालगञ्ज उपमहानगरपालिका–२ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। दुई थान मोबाइल र मोटरसाइकलसहित पक्राउ गरिएका उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ।
भैरहवा,४असोज। रुपन्देहीमा प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–२ का ४४ वर्षीय अजय चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ (भैरहवा) बाट पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, चौधरीले चोरीका मोटरसाइकललाई नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट पेस्तोल र सोही पेस्तोलको चार राउण्ड गोली फेला परेको हो। साथै, एउटै फोटो भएको दुई थान ब्लुबुक र चार थान भारतीय आधारकार्डसमेत बरामद भएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।