


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
वासिङटन डिसी, २९ माघ। अतिवादी समूह हमासले बन्धकहरुको रिहाइ रोक्ने घोषणासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरुलाई रिहा नगरे युद्धविरामको सम्झौता रद्ध गर्ने बताएका छन् । ट्रम्पले शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई गर्नका लागि समयसीमा तोकेका छन् । तर समयसीमा शनिबार दिउँसो १२ बजेको हो कि मध्यरात १२ बजेको भन्ने विषयमा स्पष्ट छैन। ट्रम्पले गाजा युद्धविरामको लागि आफ्नो तर्फबाट समयसीमा तोक्दै भने, ‘यदि शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने सम्झौता रद्द गरिनेछ। सबै बाटोहरू बन्द हुनेछन्। विनाश सिर्जना हुनेछ।’ समयसीमामा बन्धक रिहाइ नगरे के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै राष्ट्रपति ट्रम्पले भने,‘तपाईंले थाहा पाउनुहुनेछ र तिनीहरूले पनि थाहा…
बझाङ, २९ माघ। नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि आक्रमण गरिएको छ । पीडितका अनुसार गएराति विनोद कठायतको समूहले देविस्थान नामक होटलमा चक्कु प्रहार गरेर घाइते बनाएको हुन् । चक्कु प्रहारले सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ। बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।
भैरहवा, २८ माघ । सिद्धार्थनगर नगरपालिकाको हिउँदे सभाको १७ औं अधिवेसनबाट दुईवटा विधेयक पारित भएको छ । पालिकाको अधिवेसनबाट प्राविधिक कर्मचारी व्यवस्थापन विधेयक र नगरको शिक्षा ऐन २०७४ लाई प्रथम संसोधन विधेयक पारित भएको हो । सोमबार भैरहवा स्थित गणतान्त्रिक सभागृहमा भएको सभामा सभाअध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले नगरको प्रगति विवरण सहित दुइवटा विधेयक सभामा प्रस्तुत गरेका थिए । छलफल पछि विधेयक पारित भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । विधेयक पारित भएसँगै सिद्धार्थनगरलाई प्राविधीक कर्मचारी करारमा राख्न बाटो खुलेको छ । विधेयकमा करार तर्फ ईन्जिनियरिङ्ग, कृषी, पशु, स्वास्थ्य तथा प्राविधीक तर्फ अन्य…
भैरहवा, २८ माघ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले थुनछेक बहसपछि जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीलले बताए । ‘मुद्दाका प्रतिवादी रहेका जोशी सोमबार अदालतमा उपस्थित भएका थिए’, उनले क्लिक लुम्बिनीसँग भने, ‘थुनछेक बहस पछि कसुर नगरेको विश्वास गर्नूपर्ने मनासिब आधार नदेखिदाँ पछि ठहरे बमोजिम हुने गरी अहिलेलाई उनलाई थुनामा पठाउने आदेश भएको छ ।’ थुनछेक बहसमा वादी (पीडित) को तर्फबाट जिल्ला सरकारी वकिल…
भैरहवा, २८ माघ । भैरहवाको भीम अस्पतालमा न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गतको मूल्यांकनमा उत्कृष्ट भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक वर्ष न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम संचालन गर्छ । मूल्यांकनका लागि ९ सय ३९ वटा सुचक तयार गरिएको थियो । जसमा भीम अस्पतालले ९४ प्रतिशत अंक प्राप्त गरेर आफ्नो सेवा तथा व्यवस्थापनलाई उत्कृष्टमा उभ्याउन सफल भएको हो । यसले अस्पतालले बिरामीलाई प्रदान गर्ने गरेको उपचार सेवा र अस्पताल संचालनको व्यवस्थापन उत्कृष्ट रहेको देखाएको सरोकारवालाहरुको भनाई छ । बिगत केही बर्षदेखि भीम अस्पतालले आफ्ना सेवालाई प्रभावकारी र सुधार गर्दै प्रदेश निर्देशनालयको यो मूल्यांकनमा बर्षेनि प्राप्तांक अंक बढाएको छ।…
बुटवल, २८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा रुपन्देहीको बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन प्रवर्द्धन, जवाफदेहीता, गुनासो सुनुवाई, सार्वजनिक सेवा प्रवाहलाई गतिशील बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले राजनीतिक अस्थिरताका कारण सुशासनको क्षेत्र खलबलिएको भए पनि अहिले स्थिरता कायम भएको उल्लेख गर्दै भ्रष्टाचार अन्त्यका लागि नागरिक साझेदारी अनिवार्य रहेको धारणा राखे । ‘हामीले सुशासन प्रवद्र्धन गर्न सके भ्रष्टाचार आफैं समाप्त हुँदै जान्छ । त्यसका लागि सबै तहबाट इमानदार प्रयास आवश्यक छ’,…
भैरहवा, २८ माघ । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा उपाधिका लागि वेष्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्लब भिड्ने भएका छन् । वेष्टर्नले तिलोत्तमा क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेपछि यी दुई टिमबीच उपाधि रक्षाका लागि प्रतिस्पर्धा हुने पक्का भएको हो । खुकुरीले सेमिफाइनलमा तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । वेष्टर्न र खुकुरीबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । जितका लागि पाएको ९६ रनको झिनो लक्ष्य वेष्टर्नले २३ ओभरमा ७ विकेटको नोक्सानीमा ९९ रन बनाउँदै पूरा गरी फाइनल प्रवेश गर्यो । उसको जितमा देव खनालले ३३, रन्जित खड्काले…
भैरहवा, २८ माघ । भारत–नेपालका पत्रकारहरुबीच भएको दोस्रो मैत्रीपूर्ण मिडिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय मिडिया टिमले उचालेको छ । भारतीय मिडियाको आयोजनामा भारतको राज मनोहर लोहिया कलेज नौतनवाको खेल मैदानमा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको टिमलाई ५ विकेटले पराजित गर्दै भारतीय मिडिया टिमले उपाधि उचालेको हो । उपाधि हात पारेको भारतीय मिडिया टिमले नगद ११ हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै, उपविजेतामा चित्त बुझाएको लुम्बिनी प्रेस क्लबको टिमले नगद १० हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । टस जितेर ब्याटिङ रोजेको प्रेस क्लबको टिमले निर्धारित १५ ओभरमा १४ ओभर…
भैरहवा, २८ माघ । सुनको मूल्य प्रतितोलामा १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ।अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो । यस्तै चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी सोमबार १९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
धनगढी,२८ माघ । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार (जबरजस्ती करणी) भएको छ । मोहन्याल गाउँपालिका घर भएर बर्दगोरिया गाउँपालिका–२ स्थित डेरामा बस्ने १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जबरजस्ती करणीको आरोपमा बर्दगोरिया गाउँपालिका-३ का ४४ वर्षीय गोपाल विक र सोही स्थानका एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव डीएसपी कबिन्द्र सिंह बोहराले बताए । कक्षा ४ मा अध्ययन गर्ने बालिकालाई पक्राउ परेका विकले मासु पकाएर ल्याइदिनू भन्दै मासु दिएका थिए । मासुु पकाएर विकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्तीकरणी गरेको डीएसपी बोहराले बताए ।…