Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २६ असार । जनमत पार्टीले केन्द्रीय सचिव सहित सात जनालाई निलम्बन कारवाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको नीति, निर्देशन र विधान विपरित ढंगले अनुशासनहिनता प्रर्दशन गरिएकोले केन्द्रीय सचिव वीपी साह सहित सात जनालाई निलम्बन कारवाही गरेको हो । पार्टीको केन्द्रीय अनुशासनको समितिले कुनै पनि कामकाजमा सहभागी नहुने सात जनालाई तीन महिनाका लागि निलम्बन कारवाही गरिएको केन्द्रीय अनुसशान विभागको सदस्य सचिव अनिता कुमारी मण्डलद्धारा जारी सूचनामा उल्लेख छ । पार्टीले केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका विधार्थी जनमत संघका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती निलम्बन गरेको छ…

Read More

भैरहवा, २५ असार । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज र प्याकेज खरिदका सेवाहरु मंगलबार राति प्रभावित हुने भएको छ । नेपाल टेलिकमले मंगलबार राति ११ बजे देखि बिहान ६ बजेसम्म बिलिङ्ग प्रणाली स्तरोन्नती परिक्षण कार्य गर्ने भएकोले उक्त अवधीमा ब्यालेन्स रिचार्ज र प्याकेज खरिदका सेवाहरु केही समयका लागि प्रभावित हुने सक्ने जनाएको छ । साथै, टेलिमकले सेवा प्रभावित हुन सक्ने हुदाँ उक्त समयभन्दा अघि नै ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न आग्रह गरेको छ । यी सेवाहरु प्रभावित हुने भएपनि उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटिटिएच भ्वाइस, आईपिटिभी लगायतका सेवाहरु संचालनमा रहने नेपाल टेलिकमले सूचना जारी गरी जनाएको छ…

Read More

काठमाण्डौँ, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले अनुशासन समितिको प्रतिवेदनको आधारमा ढकाललाई पदबाट बर्खास्त गरेको हो । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिवेदनका बारेमा विस्तृत छलफल भएको र प्रतिवेदनको सिफारिस अनुसार पार्टीको विधान धारा ५६ उपधारा ३ बमोजिम पार्टीको साधारण सदस्य कायम राखि महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट ढकाललाई पदमुक्त गर्ने निर्णय गरिएको हो । उनले केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावदेनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

Read More

भैरहवा, २४ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको सवारी दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको महाराजगंज जिल्लाको आदर्शनगरका ३० वर्षीय गोलु मधेसिया रहेका छन् । बुटवलबाट यूपी ५६ एबी ०४७७ नम्बरको मोटरसाइकलमा मधेसिया सहित सोही स्थानका १७ वर्षीय आदर्श मधेसिया र ८ वर्षीय न्यान्सी मधेसिया भैरहवातर्फ आउदै गर्दा तिलोतमा १५ स्थित कोटिहवामा मोटरसाइकल अनियन्त्रित हुदाँ सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं सूचना अधिकारी एवं मनोहरप्रसाद भट्टले जानकारी दिए । दुर्घटनामा घाइते भएका तीनजना मध्ये गोलुको क्रिमसन अस्पतालमा उपचारको क्रममा निधन भएको र अन्य दुई जनाको थप उपचारका लागि उनीहरुका आफन्तले भारत…

Read More

सलमान खानभैरहवा, २३ असार । इन्धन भण्डारण पूर्वाधार बनाउनका लागि नेपाल आयल निगमले रुपन्देहीमा खरिद गरेको जग्गा रोहिणी नदीमा डुबेको छ । नदीमा पानीको बहाव बढेर निगमको जग्गा डुबेपछि इन्धन भण्डारका लागि निर्माण थालिएको डीपोको काम पनि रोकिन पुगेको छ । भ्रष्टाचार गर्नका लागि वर्षायाममा सधै डुबानमा पर्ने जग्गा किसानहरुसगँ कौडीको मूल्यमा खरिद गरेर निगमले ठेक्का प्रक्रिया देखाएर ‘विचौलियाहरु’ मार्फत निकै महंगो मूल्यमा खरिद गरेपछि निगमको निकै आलोचना भएको थियो । निगमले रोहणी नदीको बगर सहित खरिद गरेको जग्गा वर्षेनी डुबानमा परेर ताल बन्ने गर्दछ । जुन अवस्था यस वर्ष पनि देखिएको छ । निगमले उक्त जग्गामा बैशाख ५ गते…

Read More

भैरहवा, २३ असार । भैरहवाका युवा समूहहरुको ‘भैरहवा युथ क्लब’ सामाजिक विकासका लागि आफ्नो पाइलाहरु अघि बढाएको छ । समाजका युवाहरुको सशक्तिकरण, विकास लगायत सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना गर्न लागिएको क्लबको बैठक सम्पन्न भएको छ । भैरहवा स्थित मिड टाउन पार्टी प्यालेसमा प्रवेश श्रेष्ठको अध्यक्षतामा बसेको विस्तारित बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले क्लबका लागि आवश्यक विधान लेखन लगायत दर्ता प्रक्रिया टुग्ंयाउनका लागि अध्यक्ष श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ । जसको सदस्यमा उपाध्यक्ष शिव बस्याल, कोषाध्यक्ष आकाश पौडेल र सचिव विक्रम ज्ञवाली रहेका छन् । त्यस्तै सामाजिक विकास कार्य लगायतका लागि आवद्ध सबै सदस्यले हप्तामा…

Read More

भैरहवा, २२ असार । देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबान लगायत कारण आठ जनाको मृत्यु भएको छ । साथै, ६ जना बेपत्ता र सात जना घाईते भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआईजी दान बहादुर कार्कीका अनुसार स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । त्यस्तै दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी ६ जना बेपत्ता र तनहुँ, गुल्मी, ओखलढुङ्गामा सात जना घाइते उनले जनाए । नेपाल प्रहरीले राति सार्वजनिक गरेको विवरण अनुसार पहिरो र वर्षाले २२ वटा सडकखण्ड पूर्ण रुपले अवरुद्ध भएको छ । देशभर…

Read More

धनगढी, २१ असार । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेेबसाइट ह्याक भएको छ ।शुक्रबार कार्यालयको वेबसाइट ह्याक भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीले पुष्टि गरे । उनले वेबसाइट ह्याक भएको थाहा भएपश्चात संचार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि विभागको सहयोगमा रिकभर गर्ने कार्य भईरहेको बताए । कार्यालयको वेबसाइट ह्याक गरेर ह्याकरद्वारा ‘ह्याक्ड बाई क्यापटेन स्मोकथ्रीआर…’ लेखिएको छ ।

Read More

भैरहवा, २१ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले पनि शुक्रवार राजीनामा बुझाएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री बनेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीपकुमार यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी, स्वास्थ्य राज्यमन्त्री हसिना खानले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष राजीनामा दिएका हुन् । शुक्रवार बसेको अशोक राई नेतृत्वको जसपाको बैठकले  सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेपाली काँग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने सहमती गरेसँगै जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता…

Read More

भैरहवा, २१ असार । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले विभिन्न पदका लागि ४८ जना कर्मचारी माग गरेको छ । प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार सूचना जारी गर्दै अधिकृत स्तरका ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरी बलले शुक्रवार जारी गरेको सूचना अनुसार संगठनमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह, लेखा उपसमूह र प्राविधिक समूह (संचार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएकोले दरखास्त आह्वान गरिएको हो । सशस्त्रले कानुन उपसमूहतर्फका लागि प्रहरी निरीक्षक (इन्सपेक्टर) ८ जना, लेखा उपसमूहतर्फ प्रहरी निरीक्षक २९ जना, विभिन्न प्राविधिकतर्फ प्रहरी निरीक्षक ११ जना…

Read More