


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
चितवन,२० कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नभएको बताएका छन्। शुक्रबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सञ्चालनमा पार्टी बाधक नबन्ने तर देशमा विधिको शासन स्थापना गर्न र बेथिति अन्त्य गर्न निरन्तर सक्रिय रहने बताए। साथै उनले कार्यकर्ताहरुलाई मर्यादा र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन निर्देशन दिए। ‘हामीले चुनावमा भ्रष्टाचार र बेथितिको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हौँ । तर यसको अर्थ जोसुकैलाई मनलाग्दी रूपमा पक्राउ गर्ने होइन । हामी विधिको शासन, कानूनी राज्य र निष्पक्ष अनुसन्धानमार्फत सुशासन कायम गर्न आएका हौँ । जनतामा आशा र भ्रष्टाचारीमा त्रास सिर्जना हुनुपर्छ, तर नागरिकमा…
काठमाडौं,२० कात्तिक। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्तिका लागि १६ जना उम्मेदवार नाम सिफारिस गरिएको छ। छनोट उपसमितिले मूल्याङ्कनका क्रममा सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई वर्णानुक्रमअनुसार सूचीमा समावेश गर्दै उनीहरुको नाम सार्वजनिक गरेको हो। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार तयार पारिएको सूचीमा आशुतोष प्रधान, उत्तमप्रसाद देवकोटा, टेकबहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी र रामचन्द्र सेढाईं रहेका छन्। त्यस्तै, रोहितप्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ, श्रीप्रसाद भट्टराई, सन्तोषविक्रम थापा, सुरेश सिंह बुढाथोकी र हिममत सिंह ऐर पनि संक्षिप्त सूचीमा परेका छन्। सूचनाअनुसार सूचीमा समावेश भएका १६ जना…
भैरहवा,२० कात्तिक। रुपन्देहीको बुटवलमा गाडीमा ल्याइएको बोकाको भाडाको विषयमा विवादले भएको कुटपिट घटनामा संग्लन आरोपमा प्रहरीले गाडी चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा गुल्मीको मालिका गाउँपालिका-४ का ५२ वर्षीय शिव बहादुर खत्री र १८ वर्षीय चमत्कार खत्री रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको विज्ञप्ति अनुसार, गत कात्तिक १७ गते बुटवलको नयाँ बसपार्कमा गुल्मीबाट लु २ ख ५९३० नम्बरमा गाडीमा ल्याइएको बोकाको भाडाको विषयमा विवाद भएको थियो । विवाद सिर्जना गरी सेवाग्राहीलाई सार्वजनिक स्थानमा कुटपिट गरेको घटनाको सम्बन्धमा उनीहरुलाई शुक्रवार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भैरहवा, २० कात्तिक। लुम्बिनी बचाउ महाअभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै शुक्रवार लुम्बिनीमा प्रदर्शन गरेको छ । लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति सुशासनको विपरीत रहेको बताउदै नियुक्ति बदर गर्न माग गरे। आनी विदेशी र विवादित नागरिक भएको आरोप लगाउँदै उनको नियुक्ति कदापि मान्य नहुने उनले बताए । ‘नागरिकताकै सामान्य विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको सांसद पद खारेज भएको थियो, तर उनै रवि लामिछानेको पार्टी सरकारमा भएका बेला विवादित…
सलमान खानभैरहवा,२० कात्तिक।कुनै समय भैरहवामा दीपावली (तिहार) केवल एउटा चाडमा सीमित थिएन, सिंगो सहरको उत्सवका रुपमा मनाइन्थ्यो। घर–घरमा केराका बोटले सजाइएका प्रवेशद्वार, लिपपोत गरिएका आँगन र पालामा झलमल्ल बल्ने दीपले सहरलाई नै आकर्षक बनाउँथे। विभिन्न स्थानमा आयोजना हुने सांस्कृतिक कार्यक्रम, देउसी–भैलो र उत्सवमय वातावरणले भैरहवाको दीपावलीलाई छुट्टै पहिचान दिएको थियो। त्यतिबेला भैरहवाको दीपावली हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गर्थे। यहाँको सांस्कृतिक रौनकले राष्ट्रिय स्तरमै चर्चा पाउँथ्यो। दीपावलीका आकर्षक दृश्यहरु चर्चित क्यालेन्डरमा समेत प्रकाशित हुने गरेका थिए। तर, समयक्रमसँगै बढ्दै गएको आपराधिक गतिविधि, सामाजिक असुरक्षा, वैदेशिक रोजगारीका लागि विदेशिने बढ्दो क्रमलगायतका कारण भैरहवाले दीपावलीको पुरानो चमक र उत्साह गुमाउँदै गएको…
भैरहवा, २० कात्तिक। रुपन्देहीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रवार एक सूचना जारी गर्दै प्रचलित परम्परा अनुसार खेल्ने देउसी–भैलो जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो। साथै, चाडपर्वका अवसरमा सामाजिक सद्भाव कायम राख्दै सुरक्षित, शान्तिपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गरेको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार, सर्वसाधारणलाई असर पर्ने गरी ध्वनि प्रदूषण हुने साउण्ड सिस्टम (डिजे) नबजाउन, जुवातास खेल्ने तथा खेलाउनेलगायतका जुवाजन्य गतिविधि नगर्न, भुइँचम्पा, पटका तथा आतसबाजीजस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री–वितरण र प्रयोग नगर्न तथा नगराउन आग्रह गरिएको छ। जारी सूचना विपरित कुनै पनि कार्य गरेको पाइएमा कारवाही…
भैरहवा,२० कात्तिक। रुपन्देही प्रहरीले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सिद्धार्थनगर नगरपालिका–१, बेलहिया क्षेत्रबाट नियन्त्रणमा लिएको जारी प्रेस विज्ञिप्तीमा उल्लेख छ। प्रहरीका अनुसार, नियन्त्रणमा पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ का २८ वर्षीय अनु कुमार नट, सोही स्थानका ३४ वर्षीय सुमन सिंह र ७० वर्षीय अनिल राय रहेका छन्। त्यसैगरी, बाराको बारागढी गाउँपालिका–३ का १९ वर्षीय सरोज कुमार पासवान, पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३६ वर्षीय विजय राय नट, पर्साकै पकहाँ मैनपुर गाउँपालिका–५ का ३९ वर्षीय रामबाबु राय र गुल्मीको इस्मा गाउँपालिका–१ की ३४ वर्षीया मिना कुमारी कुमाललाई पनि…
भैरहवा,१९ कात्तिक। नेपालको स्थानीय बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं,१८ कात्तिक। सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी केसीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन्। गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले कार्कीलाई आइजीपीमा नियुक्त गरेको थियो। उनले कात्तिक २६ गतेबाट जिम्मेवारी सम्हालेका थिए। कार्कीलाई पदबाट हटाउनु कारण भने सरकारले खुलाएको छैन। ३४औँ आईजीपीमा नियुक्त भएका केसीलाई बुधबार साँझ दर्ज्यानी चिन्ह प्रदान गरिने बताइएको छ।
भैरहवा,१८ कात्तिक। । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व संकलन लक्ष्यभन्दा बढी गरेको छ। साउनदेखि असोज मसान्तसम्म कार्यालयले ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको हो। यो निर्धारित लक्ष्यभन्दा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ बढी हो। सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनाका लागि २९ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयले लक्ष्यको ११३.८६ प्रतिशत राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने २७ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ राजस्व उठेको थियो। भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार, असोज महिनामा सबैभन्दा बढी १३ अर्ब ८८ करोड रुपैयाँ…