Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१५असोज। अविरल वर्षाले आएको बाढी,पहिरोका कारण सडकमार्ग अवरुद्ध भएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढ्दा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ। सोमबार मात्र उक्त विमानस्थलबाट साढे पाँच सय वटा उडान भएको छ। विमानस्थल कार्यालयका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय गरी विमानस्थलबाट कुल ५५९ वटा उडान भएको छ । आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ ५६ अवतरण र ५५ उडान भएको कार्यालयले जनाएको छ। यसबाट १५ हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान हो । सामान्यतया अघिल्लो वर्षहरूका दसैँका बेला यस्तो उडान चाप हुने गर्थ्यो।…

Read More

भैरहवा,१५असोज भारतका बलिउड अभिनेता गोविन्दा अरुन अहुजा गोली लागेर घाइते भएका छन् । गोली उनको खुट्टामा लागेको छ। भारतीय संचारमाध्यम एबिपी न्यूजका अनुसार मंगलबार आफुसँग भएको पेस्तोल सफा गरेर राख्ने क्रममा खसेर मिसफायर हुदाँ उनको खुट्टामा लागेको हो । अभिनेता गोविन्दाका प्रबन्धक शशी सिन्हाका लाइसेन्स प्राप्त पेस्तोललाई दराजमा थन्क्याउन लाग्दा जमिनमा खसेर गोली चलेको बताएका छन् । त्यस लगत्तै उनलाई अस्पताल लगिएको र डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेको बताइएको छ। आइसीयूमा उपचारत उनी स्वस्थ रहे पनि अझै केही दिन अस्पतालमै रहने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

Read More

भैरहवा,१५असोज। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि फेरी वर्षा हुने सम्भावना रहेको जनाएको छ। बुधबारदेखि फेरि दुई दिन लगातार झरी परे पनि शुक्रबार र शनिबारको जस्तो वर्षा हुने अवस्था नदेखिएको मौसमविद्हरुले बताएका छन् । यस वर्ष मनसुन लम्बिने देखिएको छ। नेपालबाट असोज १६ (अक्टोबर २) मा मनसुन बाहिरिनुपर्नेमा केही दिन लम्बिने संकेत देखिएको मौसमविद्ले बताएका छन् । फुलपातीपछि मात्रै नेपालबाट मनसुन बाहिरिन सक्ने बताइएको छ। मनसुन लम्बिने संकेत देखिइसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना छ।

Read More

भैरहवा, १५ असोज । रुपन्देहीको रोहिणी गाउँपालिका गाउँ शिक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा सोमबार रोहिणी–३ धकधईस्थित गाउँ कार्यपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले शैक्षिक वर्ष २०८१ को प्रथम त्रैमासिक परीक्षाको लागि नतिजा अभिलेख राखी अध्ययन गर्ने निर्णय गरेको छ । त्यस्तै नतिजाको समीक्षा गर्ने, सुधारका लागि छलफल गरी सो को जानकारी स्थानीय सरकारका कार्यपालिका सदस्यहरु, सरोकारवाला, राजनीतिक दल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सञ्चार जगतलाई गराउनुका सातै नतिजा सुधारका लागि विद्यालयहरुलाई दबाब दिने निर्णय गरिएको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले…

Read More

भैरहवा,१४असोज। लुम्बिनी प्रदेशमा अविरल वर्षाले आएको बाढी, पहिरो र डुबानका कारण ३२ वटा घटना भएको र एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार गत चार दिनको अवधिमा विपद्मा परेर ३ जनाको मुत्यु, २ जना घाईते र एक जना वेपत्ता भएक छन् । रुपन्देहीमा दुई जना र बाँकेमा एक जनाको मृत्यु भएको मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए। उक्त अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षती भएको छ । साथै सरकारी भवन र गोठहरुमा पनि क्षति भएको बताइएको छ। लुम्बिनी प्रदेश…

Read More

भैरहवा,१४असोज । नेपालको स्थानीय बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएकोले सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघ अनुसार सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १९४५ रुपैयाँमा कारोबार भएको सोमबार पाँच रुपैयाँमा घटेर १९४० मा कारोबार भइरहेको छ।

Read More

भैरहवा,१४असोज। अविरल वर्षाले आएको बाढीका कारण गाडीसहित बेपत्ता भएका चालक र सह-चालक शव खोलामा फेला परेको छ । शनिवार मर्चवारको सम्मरीमाई गाउँपालिका-५ स्थित रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट भे १ च २६७६ नम्बरको गाडीमा दुध लिएर भैरहवा आउने क्रममा घाघरा खोला क्षेत्रबाट गाडीसहित चालक र सहचालक बेपत्ता भएका थिए । बाढी आएकाले गाडी र मानिस खोलाले बगाएको आंशका खोलामा खोजतलास गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रंजितसिंह राठौरले गाडीका चालक प्रकाश तामाङ र सह-चालक उमेश लोधको शव खोलामा फेला परेको बताए । उनका अनुसार दुवै जनाको परिवारले शवको सनाखत गरेका छन् । बेपत्ता भएको गाडी आइतबार घाघरा…

Read More

भैरहवा,१३ असोज । सशस्त्र प्रहरी बल, नेपालले रुपन्देहीको सीमानाकामा ‘डेजी’ र ‘साया’ लाई तैनाथ गरेको छ । चाडपर्व नजिकिएसँगै अन्तर्राष्ट्रिय सीमानाकाबाट हुन सक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले रुपन्देहीको सीमानाकामा ‘डेजी’ र ‘साया’ लाई तैनाथ गरेको हो । सीमाबाट हुन सक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ डग हेण्डलरसहित पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमानाकामा खटाइएको सशस्त्र प्रहरी बल,नेपाल २७ नम्बर गण, हेडक्वाटर रुपन्देहीका गणपति एवं एसपी आनन्द थापा मगरले बताए । उनले चाडपर्वलाई लक्षित गरेर सीमाबाट हुन सक्ने अपराधलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न ‘स्क्वायड डग’ परिचालन गरिएको बताए । ‘डेजी’ र ‘साया’ तालिम…

Read More

भैरहवा,१३असोज। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दसैं,तिहार र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लामा विशेष सुरक्षा योजना लागु गरेको छ । जिल्लामा कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप नहुन दिनका लागि विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रंजितसिंह राठौरले बताए। उनले सुरक्षा योजना अन्र्तगत ट्राफिक प्रहरीसहितको जिल्लाका ४३ स्थानमा पिकेट, १९ स्थानमा चेक प्वाइन्ट, १८ वटा पैदल गस्ती, १७ वटा मोबाइल गस्ती, साइकल गस्ती, आकस्मिक सुरक्षा चेकजाँच गरिने बताए । उनका अनुसार तत्काल सहयोगका लागि जिल्लामा ४९ वटा क्यूआरटी टोली (क्विक रेस्पोन्स टिम) परिचालन गरिएको छ । चाडपर्वको समयमा बढी पटका, आतिसबाजीको प्रयोग हुने भएकोले सोको नियन्त्रणमा…

Read More

भैरहवा,१३असोज। अविरल वर्षाले आएको बाढीका कारण शनिवार (हिजो) खोलाले बगाएको गाडी आइतबार भेटिएको छ। मर्चवारको सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट भे १ च २६७६ नम्बर गाडीमा दुध लिएर भैरहवा आउने क्रममा घाघरा खोला क्षेत्रबाट गाडीसहित चालक र सहचालक बेपत्ता भएका थिए । बाढी आएका कारण गाडीमा खोलाले बगाएको आशंकामा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजतलास गर्दा १४ फिट मुनि खोलामा गाडी बरामद भएको सशस्त्र प्रहरी बल २७ नम्बर गणका रुपन्देहीका प्रमुख एसपी आनन्द थापाले बताए । क्रेनको सहायताले बरामद गाडी निकाल्ने प्रयास भइरहेको उनले बताए। गाडीसँगै बेपत्ता भएको चालक प्रकाश तमाङ्ग र सह–चालक उमेश लोध फेला नपरेकोले खोजी…

Read More