


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,११ कात्तिक। नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) को डेरासहित काठमाडौंका विभिन्न घरमा चोरी गरेको आरोपमा प्रहरीले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय लल्लु पोदार भनिने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी छन् । प्रहरीका अनुसार, उनीहरुले कलंकीको तासिङडोलमार्गस्थित किसन सिंह बस्नेतको घर, सांसद थपलियाको डेराकोठा र रञ्जित कोलोनीस्थित निरञ्जन नेपालको घरमा चोरी गरेका थिए । दशैंलाई लक्षित गरी चोरी गरेका उनीहरु चोरीका सामान पोका पारेर भारत जाने तयारीमा रहेका बेला पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले बताए । प्रहरीले…
काठमाडौं,११ कात्तिक। प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहारस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफ रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भन्सार छलेर गरी अवैध रुपमा चाँदीका तयारी गरगहना ल्याइएको सूचनाका आधारमा सर्राफ बस्ने कोठामा छापा मारेर उक्त परिमाणको चाँदी बरामद गरेको हो। पक्राउ परेका सर्राफलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।
काठमाडौं,११ कात्तिक। अमेरिकाबाट कुरियरमार्फत काठमाडौं ल्याइएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतका २३ वर्षीय भवर सिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्। ब्यूरोका डीएसपी जीवन निरौलाका अनुसार, अमेरिकाबाट डकुमेन्टको आवरणमा कुरियर गरी पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
कपिलवस्तु,११ कात्तिक। कपिलवस्तुको वाणगंगा नगरपालिका–३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४, गजेहडाकी ६३ वर्षीया जलिया थारु रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, बुधबार वाणगंगा नगरपालिका–१ का ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले थारुलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थारुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।
दाङ, ११ कात्तिक। थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नम्बर १ दाङ देउखुरीले सञ्चालन गरेको ‘एक घर एक किलो चामल दान अभियान’ अन्तर्गत संकलित राहत सामग्री नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ। विपद् प्रभावित नागरिकलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तरगत संकलित सामग्री बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको रोहबरमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिलाई हस्तान्तरण गएिको हो। सभाले लमही नगरपालिका–५ स्थित थारु कल्याणकारी सभा भवन, राप्ती गाउँपालिका–७ छोट्की सिसहनिया र राजपुर गाउँपालिकामा राहत संकलन केन्द्र स्थापना गरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री संकलन गरेको थियो । तीनवटा संकलन केन्द्रबाट ३३ हजार २७ किलोभन्दा बढी…
काठमाडौं,११ कात्तिक। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । असोज २२ मा भएको निर्णयअनुसार बढुवा भएका खत्रीलाई बुधबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । त्यस्तै प्रमुख सेनानीबाट महासेनानी दर्जामा बढुवा भएका तीन जना सैनिक अधिकृतलाई पनि कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।
भैरहवा, ११ कात्तिक। बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला बढी प्रभावित हुने पूर्वानुमान गरिएको छ। चक्रवातको कारण लुम्बिनी, रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बढी प्रभावित हुने लुम्बिनी प्रदेश सरकारले जनाएको छ। यी जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर कात्तिक १३ र १४ गते बढी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्रभावित जिल्लाका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा…
भैरहवा,११ कात्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले सार्वजनिक सडक तथा सडकपेटीमा कृषि उपज सुकाउने, कृषि अवशेष (छवाली) जलाउने र आवागमनमा अवरोध हुने गरी सामग्री राख्ने कार्य नगर्न नगरवासीलाई आग्रह गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै धान, पराल, छवालीलगायतका कृषि उपज सडक तथा सडकपेटीमा सुकाउँदा पैदलयात्री र सवारीसाधनको आवागमनमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिम बढेको जनाएको छ। सडकमा कृषि अवशेष खुला रुपमा जलाउँदा माटोमा रहेका सूक्ष्म जीवाणुको गतिविधिमा असर पर्ने, वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पर्ने भन्दै सडकमा राखिएका अवरोधजन्य सामग्री समेत तत्काल हटाउन आग्रह गरेको छ। सविधानसभा सदस्य एंव नगरप्रमुख इश्तियाक अहमद खाँद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक…
भैरहवा,१० कात्तिक। भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलले आगामी मंसिर १ गतेदेखि २४सै घण्टा मुटुरोगसम्बन्धी आकस्मिक तथा विशेषज्ञ उपचार सेवा सञ्चालन गर्ने भएको छ। मुटुरोगका बिरामीलाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले अस्पतालले आधुनिक प्रविधिसहितका विभिन्न सेवा सञ्चालनमा ल्याउन लागेको हो। अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार, बिरामीलाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले हृदयाघातको उपचार, आधुनिक क्याथल्याब, सघन उपचार कक्ष (सीसीयू) तथा विशेषज्ञ चिकित्सकबाट बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको हो। यसबाट मुटुसम्बन्धी समस्या भएका बिरामीले आवश्यक परीक्षण, परामर्श र उपचारका लागि सहज रुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। अस्पतालमा एन्जियोग्राफीसहित ईसीजी, टीएमटी र होल्टरजस्ता परीक्षण सुविधा पनि उपलब्ध हुनेछन्। नयाँ…
काठमाडौं,१० कात्तिक। प्रहरीले ३४ ग्राम लागूऔषध खैरो हेरोइन र पाँच लाख ८० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–९, तिलगंगास्थित एक गेस्ट हाउसमा छापा उनीहरुलाई लागूऔषध र नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका २ का २० वर्षीय भरोष मुखिया, २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र ३६ वर्षीय महमद सजाबुल शेष रहेको ब्यूरोले जनाएको छ। ब्यूरोका अनुसार, बरामद नगदको स्रोत तथा लागूऔषध कारोबारसँग त्यसको सम्बन्धबारे थप अनुसन्धान भइरहेको छ।