Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२८ साउन। प्रहरीले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले श्रेष्ठको निजी निवासमा खानतलासी गर्नुका साथै सञ्चारमाध्यमको कार्यालयमा समेत छापा मारेर कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति आपत्ति जनाएको हो। बिहीबार जारी विज्ञप्तिमा काउन्सिलले सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी सामग्री जफत गरिएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ। सम्पादक श्रेष्ठलाई पक्राउ गरी निजी निवासमा खानतलासी गरिएको तथा बिहानै सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी सामग्री जफत गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ।

Read More

काठमाडौं,२८ साउन। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले घटनाबारे जानकारी प्राप्त भएको जनाउँदै बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। साथै, विद्यमान कानुनी व्यवस्थाबारे आवश्यक राय–सुझाव लिएर छलफल भइरहेको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ। राष्ट्र बैंकका अनुसार, बैंकको तरलता अवस्था तथा वित्तीय सबलतासम्बन्धी सूचकहरु तोकिएको मापदण्डअनुसार सन्तोषजनक छन्। बैंकको दैनिक कारोबार तथा सञ्चालनमा तत्काल कुनै जटिलता उत्पन्न हुने अवस्था नरहेको पनि राष्ट्र बैंकले जनाएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका साथै…

Read More

काठमाडौं,२८ साउन। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल पुनरावलोकन वा खारेज नगर्ने स्पष्ट पारेको छ। बिहीबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर दुई दिने बिदा लागू गरिएको बताइन्। उनका अनुसार इन्धन खपत घटाउने, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्ने, कर्मचारीको कार्य–जीवन सन्तुलन मिलाउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो व्यवस्था प्रभावकारी देखिएको छ। बिहान ९ बजेदेखि कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई समेत सहज भएको सरकारको दाबी छ। सांसदहरुले भने दुई दिने बिदाले शिक्षा, व्यापार तथा…

Read More

काठमाडौं,२८ साउन। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्। सिंगापुरमा उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले अपिलपत्र जारी गर्दै विगतका विभाजनका घाउ निको पार्दै प्रतिशोधको राजनीति त्यागेर मेलमिलाप र सहकार्यबाट समुन्नत नेपाल निर्माण गर्न आह्वानसमेत गरेका छन्। उनले आफ्नो जीवन राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान, कानुन र नैतिक मूल्य–मान्यतालाई सर्वोपरि मानेर बिताएको दाबी गर्दै आगामी दिनमा पनि जनताको सर्वोत्तम हितमा काम गर्ने प्रतिबद्धता जनाए। ‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन,मेलमिलापको मार्ग रोजौं’, उनले भनेका छन्,‘यस्तो नेपाल निर्माण गरौं,जहाँ प्रत्येक बालकले निर्भीक सपना देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक…

Read More

काठमाडौं,२८ साउन। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी पत्नी आरजु राणा देउवासहित उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार स्वदेश फर्किएका हुन्। नेपाल फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र झाँकीसहित स्वागत गरिएको छ। संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देउवलाई विमानस्थलमा भेला भएका कार्यकर्ताले समर्थनमा नाराबाजी गर्दै स्वागत गरेका थिए।

Read More

बुटवल,२७ साउन। रुपन्देही प्रहरीले बुटवल र तिलोत्तमा क्षेत्रका २५ वटा स्पामा छापा हानेर १२ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार छापाका क्रममा अमर्यादित गतिविधिमा संलग्न आरोपमा ७ महिला र ५ पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको हो। उक्त क्रममा केही स्पाका संचालकलाई सचेत गराउँदै प्रहरीले भारतीय नागरिकको परिचय खुल्ने कागजात र नेपाली ग्राहकको नाम र ठेगाना अनिवार्य रुपमा अभिलेख राख्न निर्देशन दिएको छ। उनले पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए। स्पा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन तथा गैरकानुनी गतिविधि हुन नदिन नियमित निगरानीलाई निरन्तरता दिने प्रहरीले जनाएको…

Read More

भैरहवा,२७ साउन। रुपन्देही प्रहरीले चेसिस र इन्जिन नम्बरमा छेडछाड (टेम्पर) गरिएका दुई सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्ण कुमार चन्दका अनुसार, विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा सवारीसाधनको चेसिस तथा इन्जिन नम्बर टेम्पर गरी चलाइएका प्रारम्भिक अनुसन्धानबाट खुलेपछि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सवारीसाधनमा लु १ ख ४०७६ नम्बरको हाइवा (टिप्पर) र लु २ त ५२०१ नम्बरको ट्रयाक्टर आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय (सवारी), रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुको संसदीय भूमिका थप प्रभावकारी बनाउन तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपा सचेतक क्रान्तिशिखा धितालका अनुसार, आगामी साउन २९ देखि ३१ गतेसम्म ललितपुरको गोदावरीस्थित फरेस्ट क्षेत्रमा आवासीय रुपमा प्रशिक्षण कार्यक्रम अर्थात् ‘क्लोज क्याम्प’ सञ्चालन गरिनेछ। प्रशिक्षणमा संसद्को गरिमा, सांसदको भूमिका तथा पार्टीको नीति र उद्देश्यअनुसार सांसदहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा छलफल तथा प्रशिक्षण दिइनेछ। सांसदहरुको आवश्यकताअनुसार प्रशिक्षणको कार्यतालिका तयार गरिने सचेतक धितालले बताइन्। प्रशिक्षणका लागि प्रशिक्षकहरु भने तय हुने क्रममा छन्। सांसदहरुले यसअघि दिएका सुझाव र उनीहरुको आवश्यकतालाई समेत आधार बनाएर प्रशिक्षणका विषय निर्धारण गरिनेछ। सांसदहरुको सिकाइ निरन्तर प्रक्रिया…

Read More

काठमाडौं, २७ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) तथा नेकपा मसालबीच लुम्बिनी प्रदेश सरकार गठनका लागि दुईबुँदे सहमति भएको छ। मसालका महामन्त्री मोहनविक्रम सिंहसँग भएको सहमतिमा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशका विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख छ। त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ। लुम्बिनी प्रदेशसभामा नेकपा मसालका एक जना सांसद छन्।

Read More

भैरहवा, २७ साउन । रुपन्देहीमा ५३ जनाले नेपाली नागरिकता त्याग गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ मा ५३ जनाले नेपाली नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार, अन्य देशको नागरिकता लिइसकेको वा लिने प्रक्रियामा रहेको तथा विदेशी नागरिकसँग विवाह गरी विदेशमै बसोबास गरेका कारण देखाउँदै उनीहरुले नेपाली नागरिकता त्यागेका हुन्। ‘विदेश मोह’ का कारण नागरिकता त्याग गर्नेमा अधिकांश युवापुस्ता छन्। जो वैदशिक रोजगारीको शिलशिलामा विदेश जाने गरेको र वर्षौ विदेश कार्यरत रही सोही देशको नागरिकता प्राप्त गरी/गर्नका लागि आफ्नो मातृभूमीलाई छाडेर विदेशी नागरिकता लिने गरेका छन्। नेपाली नागरिकता त्याग्ने व्यक्तिहरुलाई देशको माटो प्रति माया रहेपनि…

Read More