


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
बुटवल, १ भदौ। रुपन्देहीको बुटवलमा भन्सार छलेर ठूलो परिमाणमा भण्डारण गरिएको जुत्ता र चप्पल बरामद गरिएको छ। पछिल्लो समय विशेष गरी रुपन्देहीको धकधई क्षेत्रबाट जुत्ता र चप्पलको निरन्तर तस्करी हुँदै आएको छ। रुपन्देहीमा छ्याप्छ्याप्ती घुमुवा प्रहरी रहेपनि छिटफुट सामान बरामदगी बाहेक तस्करको कुनै ठूलो गोदाममा छापा मारेर सामग्री बरामद गर्न नसकेको देखिएको छ। रुपन्देहीको विभिन्न नाकाबाट प्रहरी संग्लनतामा तस्करी हुँदै आएको आरोप छ। यसैबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवको नाकैमुनी रहेको गोदाममा छापा मारेर ठूलो परिमाणमा तस्करीको सामग्री बरामद गरेर देखाएको छ। लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्रीले जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट हुन…
दाङ,१ भदौ। रोल्पाको थबाङ गाउँपालिका–५ मा पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशका सत्ता साझेदार दलबीच छलफल भएको छ। नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरालगायत सत्ता साझेदार दलका नेताहरु सहभागी थिए। बैठकले घाइतेको निःशुल्क उपचार, प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। बैठकले विपद् प्रभावित क्षेत्रमा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गरी राहत, खोज तथा उद्धारलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ।
भैरहवा,१ भदौ। भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको टोलीले बेलहिया नाकाको भन्सार गल्लीबाट अवैध रुपमा भित्र्याइएको करिब साढे ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद कपडा आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको बताइएको छ।
हृदयराम गुप्तामर्चवार, १ भदौ। सुख्खा मौसम सुरु भएसँगै रुपन्देहीको मर्चवार क्षेत्रका सडकमा धुलो उड्छ।खाल्डाखुल्डी छल्दै अघि बढ्ने सवारीसाधनका पाङ्ग्रा वर्षायाम लागेपछि भने त्यही सडकमा जमेको हिलो र पानीमा फस्न थाल्छन्। सडकको यही दुर्दशाबीच वर्षौँदेखि बजेट छुट्याइँदै आएको छ, योजना बन्छन्, आश्वासन दोहोरिन्छन्। तर, सडकको अवस्था भने उस्तै छ। दैनिक यही बाटो भएर यात्रा गर्ने नागरिकको गन्तव्य फरक–फरक भए पनि उनीहरुको प्रश्न एउटै छ-वर्षौँदेखि सडक सुधारका नाममा बजेट खर्च भइरहँदा पनि मर्चवारका सडक किन सुध्रिएनन् ? भंगहियादेखि बेतकुइयाँ, थुम्हवा, करौता, सेमरा, अमवा, बगौली हुँदै तुनिहवासम्म फैलिएको करिब ३३ किलोमिटर लामो यो सडक मर्चवारका तीन स्थानीय तहका १५ वडालाई आपसमा जोड्छ। यस…
काठमाडौं,१ भदौ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले विरोध जारी राखेपछि सभामुख अर्यालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन्। सभामुखले भने, ‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरुको प्रश्नको जवाफ दिने म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’ सीमा सम्बन्धी अभिव्यक्ति र प्रश्नोत्तरमा सहभागी भई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसहित विपक्षी दलहरुले लामो समयदेखि सदनमा विरोध जनाउँदै आएका छन्। सभामुखको निर्देशनपछि विपक्षी दलका सांसदहरूले आसन ग्रहण गरेका छन्। प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित…
दाङ, १ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन। प्रदेश सभा सचिवालयले प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो। सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु सभामुखले पढेर सुनाउनेछन। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नेछन। मुख्यमन्त्रीले प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ। छलफलका क्रममा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन। मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। नेपाली कांग्रेसले…
दाङ,१ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताएका छन। नागपञ्चमी तथा थारु समुदायले मनाउने गुरही र मधेसी समुदायको गुडिया पर्वको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विविधतायुक्त सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन मौलिक पर्वहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका हुन। उनले नागपञ्चमी प्रकृति, संस्कृति र परम्परासँग जोडिएको पर्व भएको बताउँदै यसले नागदेवताको पूजा आराधनासँगै प्रकृति, पर्यावरण र जीवजन्तुप्रति सम्मान तथा संरक्षणको भावना विकास गर्न प्रेरणा दिने उल्लेख गरे। उनले नागपञ्चमीले मानव र प्रकृतिबीचको सम्बन्धलाई सुदृढ बनाउँदै प्राकृतिक सम्पदाको संरक्षण र सहअस्तित्वको सन्देश दिने बताए।…
हृदयराम गुप्तामर्चवार,३१ साउन। रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले भारतसँग जोडिएको सीमा नाका कालिदहलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउँदै देशकै प्रमुख पर्यटकीय प्रवेशद्वारका रुपमा विकास गर्ने योजना अघि बढाइएको बताएका छन्। सांसद बनियाको नेतृत्वमा शनिबार कालिदह क्षेत्रमा सरसफाइ अभियानसमेत सञ्चालन गरिएको थियो । लुम्बिनीसँग नजिक रहेको ऐतिहासिक तथा धार्मिक महत्वको कालिदहलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरसफाइसँगै आवश्यक पूर्वाधार निर्माणको पहल अघि बढाइएको उनले बताए। सुनौली नाकाको ढाँचामा कालिदहमा चार लेनको वातावरणमैत्री सडक, व्यवस्थित ढल निकास, हरियाली प्रवद्र्धन र वृक्षरोपणलगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। आवश्यक प्रक्रिया पूरा गरी निर्माणसम्बन्धी टेन्डर प्रक्रियामा जाने तयारी…
हृदयराम गुप्ता मर्चवार,३१ साउन। रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आन्तरिक विवादका कारण करिब एक महिना ढिलो गरी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ। कानुनी व्यवस्थाअनुसार स्थानीय तहले असार १० गतेभित्र गाउँसभा गर्नुपर्ने भए पनि विवादका कारण ढिलो गरी १९औँ गाउँसभा सम्पन्न भएको हो। गाउँसभामा अध्यक्ष बालकृष्ण त्रिपाठीले ‘स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, समृद्ध कोटहीमाईको मूल आधार’ भन्ने नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गरे। कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, सूचना प्रविधि र सुशासनलाई प्राथमिकता दिइएको छ। कृषि उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग र विषादीको सुरक्षित प्रयोगमा जोड दिइने, बाँझो जग्गामा फलफूल खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने तथा…
हृदयराम गुप्ता मर्चवार,२९ साउन। रुपन्देहीको मर्चवारमा कबड्डी प्रतियोगिता सुरु भएको छ। स्थानीय युवाहरुको संयुक्त आयोजनामा शुक्रबारदेखि कबड्डी प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले पुरानो तथा मौलिक खेल कबड्डीको प्रवर्द्धनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले मर्चवारमा पहिलोपटक कबड्डी प्रतियोगिता आयोजना हुनु खेलकुदको विकासका लागि सकारात्मक सुरुवात भएको उल्लेख गरे। ‘मर्चवारमा पहिलोपटक कबड्डी प्रतियोगिता आयोजना हुनु खेलकुद प्रवद्र्धनका लागि नयाँ सुरुवात हो । युवाहरुले नयाँ सोच र उत्साहका साथ खेलकुदको विकासमा सकारात्मक सन्देश दिएका छन्,’ उनले भने। सांसद बनियाले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै देशको सम्मान र गौरव बढाउन महत्वपूर्ण भूमिका खेल्ने…