


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१६ असोज । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी गरिबी बर्दिया र कम रुपन्देही जिल्लामा रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको ‘गरिबीको लघुक्षेत्र अनुमान २०२३’ अनुसार, प्रदेशका १२ जिल्लामध्ये बर्दियामा सबैभन्दा बढी ३९ दशमलव ९७ प्रतिशत र रुपन्देहीमा सबैभन्दा कम १५ दशमलव १५ प्रतिशत गरिबी रहेको छ। कार्यालयले नेपालगन्जमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रममा अपाङ्गता र घरपरिवारको गरिबीसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार, कपिलवस्तुमा ३९ दशमलव २४, रोल्पामा ३८ दशमलव ०९, प्युठानमा ३५ दशमलव २४, रुकुमपूर्वमा ३१ दशमलव ९९ र बाँकेमा २६ दशमलव ९२ प्रतिशत गरिबी रहेको छ। त्यसैगरी दाङमा २२ दशमलव ३७, अर्घाखाँचीमा २०…
भैरहवा, १६ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिको अधिवेशनले सभापतिमा पुरन प्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार, सचिवमा प्रेम प्रसाद पौडेल र १८ जना सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका छन् । सहसचिवमा पदमा बिहीवार मतदान भएकोमा (महिलातर्फ) अस्मिता सुवेदी शर्मा ३६४ मत प्राप्त गरी निर्वाचित भएकी छिन्। उनको प्रतिस्पर्धी पल्लवी न्यौपानेले ३३३ मत प्राप्त गरेका छिन्। त्यस्तै सहसचिव (खुल्लातर्फ) मा घनश्याम यादव ३९५ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनको प्रतिस्पर्धी कुलप्रसाद न्यौपानेले ३०५ मत प्राप्त गरेका छन् । कार्यसमितको अन्य पदमा सदस्यहरुबाट मनोनित हुनेछन् । त्यस्तै…
भैरहवा, १६ असोज। रुपन्देहीको भैरहवामा एक किलो सुनसहित एक जनालाई महिलालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका–१९ को ४६ वर्षीया ईला पटेल रहेको प्रहरीले जनाएको छ। विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीका डीएसपी गोपीकृष्ण भट्टराईको टोली र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा भारतबाट आएकी पटेललाई चेकजाँचको क्रममा सुनका गरगहनासहित पक्राउ गरेको हो। सशस्त्रका डीएसपी भट्टराईका अनुसार, नियन्त्रणमा लिइएको पटेलको साथबाट २ किलो ६०५ ग्राम विभिन्न किसिमका सुन जस्तो देखिने पहेलो पदार्थबाट बनाईएका गरगहना बरामद भएका थियो। बरामद गरगहनाको परिक्षणको गर्दा उक्त परिमाणमध्ये दुई करोड ५१ लाख बढी…
काठमाडौं,१६ असोज । ओमानमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ को आगामी शृंखलाका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। घोषित टोलीमा ओपनर ब्याटर कुशल भुर्तेल र तीव्र गतिका बलर सोमपाल कामी भने समावेश छैनन्। यसैबीच नन्दन यादवले एकदिवसीय टोलीमा पुनरागमन गरेका छन्। साहब आलम र शेर मल्लले टोलीमा स्थान बनाएका छन्। लिग–२ अन्तर्गतको उक्त शृंखला असोज २१ देखि ओमानमा सुरु हुनेछ। यस्तो छ १५ सदस्यीय टिम सन्दीप लामिछाने (कप्तान), आसिफ शेख , दिपेन्द्र सिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, वसिर अहमद, करण केसी, नन्दन यादव, ललित…
काठमाडौं,१६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। अध्यक्ष पद रिक्त भएपछि भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) अनुसार मन्त्रालयले आवेदन आह्वान गरेको थियो। आवेदन दिएका उम्मेदवारमध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरी प्रक्रिया अघि बढाइएको थियो। अन्तर्वार्तामा सहभागी सबै उम्मेदवारको मूल्याङ्कनपछि विज्ञ टोलीले अध्यक्ष पदका लागि सिग्देलको नाम सिफारिस गरेको थियो। विज्ञ टोलीको सिफारिसका आधारमा उनलाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
काठमाडौं, १६ असोज । प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन शाहको सचिवालयमा नियुक्त भएका २५ जना कर्मचारी तथा सल्लाहकारहरुको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको कार्यालयका अनुसार, तीनजनालाई मन्त्रीसरह र दुईजनालाई राज्यमन्त्रीसरहको सेवासुविधा पाउने गरी नियुक्त गरिएको छ। अवैतानिक मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र प्रा.डा. जगदिश प्रसाद अग्रवाललाई मन्त्रीसरहको सेवासुविधा दिइएको छ। नीति,प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्रीसरहको सेवासुविधा पाएका छन्। प्रमुख स्वकीय सचिव सुवाष शर्माले राजपत्रांकित विशिष्ट श्रेणीसरहको सेवासुविधा पाएका छन्। यसैगरी स्वकीय सचिव नवीन भण्डारी, स्वकीय सहसचिव (विकास परियोजना) संजीव पाण्डे, स्वकीय सहसचिव (प्रेस तथा अनुसन्धान विज्ञ) दिपा…
भैरहवा, १६ असोज । नेपालको स्थानीय बजारमा सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै शुक्रवार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीवार प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
दाङ, १४ असोज। लुम्बिनी प्रदेशसभाका ६ वटा विषयगत समितिले आर्थिक वर्ष २०८२/८३ मा १०३ वटा बैठक गरेका छन्। प्रदेशसभा सचिवालयका अनुसार सबैभन्दा धेरै बैठक अर्थ, उद्योग तथा पर्यटन समितिले गरेको छ। अर्थ, उद्योग तथा पर्यटन समितिले २४, कृषि, वन तथा वातावरण समितिले २१, प्रदेश मामिला तथा कानुन समितिले १७, सार्वजनिक लेखा समितिले १६ र भौतिक पूर्वाधार तथा विकास समितिले १५ वटा बैठक गरेका छन्। सामाजिक विकास समितिले सबैभन्दा कम १० वटा बैठक गरेको छ। विषयगत समितिका बैठकमा विधेयक, सरकारका कामकारबाही, महालेखा परीक्षकको प्रतिवेदन तथा समसामयिक विषयमा छलफल र निर्णय हुने गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। यस अवधिमा सार्वजनिक लेखा समिति…
काठमाडौं,१४ असोज। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सक्रिय सहभागिताले आगामी दिनमा कूटनीतिलाई थप सशक्त बनाउँदै राष्ट्रिय हित प्रवर्द्धन गर्ने आधार तयार भएको बताएका छन्। महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले महासभाका क्रममा प्रधानमन्त्रीको सम्बोधन तथा विभिन्न बहुपक्षीय बैठकमा भएको सहभागिता र छलफलले नेपालको कूटनीतिक छवि उच्च भएको धारणा राखे । महासभाका क्रममा नेपालले भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसबाट भएको क्षतिको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेको उनले बताए। विपद्का विषयमा अन्तर्राष्ट्रिय समुदायले चासो र ऐक्यबद्धता जनाएको उनको भनाइ थियो।
काठमाडौं,१४ असोज। नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। आगामी १८ असोजदेखि सुरु हुने महाधिवेशनका लागि पार्टीले प्रतिनिधि शुल्क तय गरेको हो। यसपटकको महाधिवेशनमा अघिल्लो महाधिवेशनको तुलनामा प्रतिनिधिको संख्या पनि बढ्ने भएको छ। कांग्रेसको १४औँ महाधिवेशनमा ४७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए भने १५औँ महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने निर्वाचन समितिले जनाएको छ। प्रतिनिधिको संख्या बढ्नुमा विधान संशोधन पनि प्रमुख कारण बनेको छ। यसअघि एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जना प्रतिनिधि चयन हुने व्यवस्था रहेकामा यसपटक संशोधित विधानअनुसार ३३ जना प्रतिनिधि चयन हुनेछन्। महाधिवेशनका लागि प्रतिनिधिको होटल…