


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ४ मंसिर। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपक कुँवरलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ (उत्कृष्ट प्रहरी) घोषित गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले इन्स्पेक्टर कुँवरलाई कात्तिक महिनाको (उत्कृष्ट प्रहरी) घोषित गरेको हो। संगठनले सुम्पिएको जिम्मेवारी व्यावसायिक दक्षता, उच्च लगनशीलता, कर्तव्यनिष्ठा र इमानदारीपूर्वक निर्वाह गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी भूमिका खेलेको मूल्यांकनका आधारमा कुँवरलाई उत्कृष्ट प्रहरीका रुपमा छनोट गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। इन्स्पेक्टर कुँवर एक अब्बल अनुसन्धान अधिकृतका रुपमा परिचित छन्। रुपन्देहीजस्तो महत्वपूर्ण जिल्लामा समेत अनुसन्धान अधिकृतका रुपमा कार्यरत रहँदा उनले गम्भीर प्रकृतिका अपराधका घटनाको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेका थिए।
भैरहवा,४ मंसिर। रुपन्देहीका अधिकांश स्थानीय तहले जग्गा वर्गीकरणको काम सम्पन्न गरिसक्दा पनि लुम्बिनी सांस्कृतिक नगरपालिकाले अझै वर्गीकरण नगर्दा स्थानीयवासीलाई सास्ती भोग्नुपरेको परेको छ। भू–उपयोग ऐन तथा नियमावलीअनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिकलगायत विभिन्न क्षेत्रमा वर्गीकरण गर्नुपर्ने भए पनि नगरपालिकाले उक्त काम सम्पन्न नगर्दा स्थानीयवासी लामो समयदेखि जग्गा बिक्री, अंशबण्डा तथा हक हस्तान्तरण गर्नबाट वञ्चित भएका छन्। स्थानीयवासीका अनुसार, जग्गा वर्गीकरण नहुँदा बिक्रीका लागि कित्ताकाट गर्न नपाइएकाले विवाह, स्वास्थ्य उपचार, ऋण भुक्तानीदेखि घर तथा भवन निर्माणसम्मका काम प्रभावित भएका छन्। यसबाट नगरपालिकाको राजस्व संकलनमा समेत असर परेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का शमिम अहमदले जग्गा बाँडफाँड गरी होटल तथा व्यवसाय सञ्चालन गर्ने…
भैरहवा,४ मंसिर। भैरहवामा नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिक निर्माण सुरु गरिएको छ। सामूहिक विद्यालय परिवार रुपन्देहीको पहलमा सिद्धार्थ बसपार्क परिसरस्थित पार्कमा सालिक निर्माणको काम अघि बढाइएको हो। सिद्धार्थनगर नगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण हुन लागेको सालिक स्थलमा बिहीबार नगरप्रमुख इस्तियाक अहमद खानले शिलान्यास गरेका हुन्। नेपाली भाषा र साहित्यको विकासमा भानुभक्तले पुर्याएको योगदानको सम्मान तथा स्मरण गर्ने उद्देश्यले सालिक निर्माण गर्न लागिएको सामूहिक विद्यालय परिवारका अध्यक्ष विष्णुप्रसाद पन्थीले जानकारी दिए। नगरप्रमुख खानले राष्ट्रका गौरव तथा ऐतिहासिक व्यक्तित्वहरुको योगदानलाई सबैले स्मरण र सम्मान गर्नुपर्ने बताए। यस्ता व्यक्तित्वको सम्मानले नयाँ पुस्तालाई इतिहास, भाषा र साहित्यप्रति प्रेरित गर्ने उनको…
काठमाडौं,४ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत शाहीले मंसिर २६ देखि २८ गतेसम्म हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराएका हुन्। शाही गत फागुनमा सम्पन्न निर्वाचनमा राप्रपाबाट प्रत्यक्षतर्फ निर्वाचित एकमात्र सांसद हुन्। उनी हाल पार्टीको संसदीय दलका नेतासमेत रहेका छन्। जुम्लाबाट निर्वाचित शाहीले अब पार्टीको नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
काठमाडौं,४ मंसिर। सरकारले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बैठकका मुख्य ७ वटा निर्णयहरु सार्वजनिक गरेका हुन्। हेर्नुहोस् निर्णयहरु : –२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने । –चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने । –अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने…
काठमाडौं,४ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको मंसिर ६ र ७ गते हुने दुईदिने भारत भ्रमण स्वीकृत गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा जान लागेका हुन्। उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन्। नेपालबाट प्रस्थान गर्ने सरकारी प्रतिनिधिमण्डल ३४ सदस्यीय हुनेछ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।…
भैरहवा,२ मंसिर। सशस्त्र प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, पत्थरडाँडाबाट करिब २१ लाख १० हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स र ढुवानीमा प्रयोग भएको गाडी बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी कृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान बरामद गरेको हो। बरामद सामग्रीमा अन्दाजी ५ लाख रुपैयाँ मूल्यको मोबाइल कभर, १ लाख १० हजार रुपैयाँ मूल्यको मोबाइल टेम्पर ग्लास र ढुवानीका लागि प्रयोग गरिएको १५ लाख रुपैयाँ मूल्य बराबरको बोलेरो गाडी रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि…
भैरहवा,२ मंसिर। सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा स्वच्छ बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले यात्रु, चालक र सहचालकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममार्फत सार्वजनिक यातायातमा अनिवार्य रुपमा डस्टबिन राख्न, सवारीसाधनभित्र जथाभावी फोहोर नगर्न तथा निस्कने फोहोर डस्टबिनमै व्यवस्थापन गर्न आग्रह गरिएको छ। त्यसैगरी, सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु नराख्न र यात्रुको सुरक्षित तथा सहज यात्रालाई प्राथमिकता दिन चालक तथा सहचालकलाई अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सार्वजनिक यातायातलाई स्वच्छ, सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन यात्रु, चालक, सहचालक तथा यातायात व्यवसायी सबैको सक्रिय भूमिका आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ।
म्याग्दी, २ मंसिर। म्याग्दीको मालिका गाउँपालिका-५ मल्कवाङ घरथोकस्थित वनमा लुकाएर राखिएका सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रवीन्द्र कार्कीको कमाण्डमा खटिएको टोलीले गस्तीका क्रममा लुकाएर राखिएको उक्त बन्दुकहरु फेला पारेको नेपाल प्रहरीले जनाएको छ । बरामद बन्दुकमध्ये पाँच थान साबुत र दुई थान बेसाबुत अवस्थामा छन्। ती बन्दुक इलाका प्रहरी कार्यालय दरबाङमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, २ मंसिर। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले भेटघाट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले भ्रमणको तयारीबारे जानकारी लिएपछि दलेलाले भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरुले तयारी तीव्र पारेको बताए। भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने दलेलाको भनाइ रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार, भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।