Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २७ असोज। रुपन्देहीको भैरहवामा आगामी मंसिर १७ देखि २८ गतेसम्म दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०८३ आयोजना हुने भएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले पर्यटन, उद्योग, कृषि तथा व्यापारको प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो। ‘पर्यटन, उद्योग, कृषि र व्यापार : राष्ट्रिय समृद्धिको आधार’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा उद्योग, व्यापार, कृषि, घरेलु तथा साना उद्योग र महिला उद्यमीका गरी करिब ३०० स्टल रहनेछन्। महोत्सवमा करिब तीन लाख दर्शक सहभागी गराउने र १० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक नेत्रप्रसाद आचार्यले जानकारी दिए। मंगलबार आयोजित…

Read More

गुल्मी,२७ असोज। प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि अवरुद्ध गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। सेवा सुरु भएसँगै मंगलबार काठमाडौंबाट १३ यात्रु बोकेर आएको विमान रेसुङ्गामा अवतरण गरेको थियो भने गुल्मीबाट दुई यात्रु लिएर काठमाडौं फर्किएको थियो। गत जेठको तेस्रो सातादेखि अवरुद्ध भएको हवाई उडान आजदेखि संचालनमा आएको गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका निर्धारण गरेको छ। निगमको १८ सिट क्षमताको ट्वीनअटर विमानमार्फत सञ्चालन हुने उडानका लागि काठमाडौं–गुल्मी भाडा १० हजार ७१० रुपैयाँ र गुल्मी–काठमाडौं भाडा १० हजार…

Read More

भैरहवा । नयाँ तथा पुराना सवारी साधनको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ । मन्त्रीस्तरीय निर्णयले संशोधित व्यवस्थाअनुसार अब सवारीधनी आफै यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी साधनको दर्ता, नामसारी, बीमा तथा नवीकरणसम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यससँगै डिलरबाट जाँच भइसकेको सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन । त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत…

Read More

विराटनगर,२७ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई दिएको एकल तथा साझा अधिकार संघीय सरकारले अझै हस्तान्तरण गर्न नसकेको बताएका छन्। संविधान जारी भएको एक दशक बितिसक्दा पनि प्रदेशले आफ्नो अधिकारका लागि पटक–पटक आवाज उठाउनुपर्ने अवस्था रहेको उनले बताए । कोशी प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारलाई प्रभावकारी बनाउन प्रहरी, प्रशासन, शिक्षा तथा वित्तीय अधिकार संविधानको मर्मअनुसार हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश प्रहरी प्रदेश सरकार मातहत ल्याउन प्रहरी ऐन तथा प्रशासनिक संयन्त्र बलियो बनाउन संघीय निजामती सेवा ऐन आवश्यक रहेको उल्लेख गर । साथै, शिक्षा ऐन नआउँदा विद्यालय समायोजनजस्ता…

Read More

बुटवल, २७ असोज। रुपन्देहीस्थित बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन्। मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार पौडेलले ८ सय ३३ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी टंकप्रसाद गैरेले ६ सय १ मत प्राप्त गरे। निर्वाचन समितिका अनुसार, संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन्। उनले ७ सय २४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६ सय ९८ मत पाए । त्यस्तै, उद्योग उपाध्यक्षमा दीनेश श्रेष्ठ ७ सय १२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी निर्मित कसजुले ६ सय ९३ मत प्राप्त गरे। वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन्…

Read More

काठमाडौं,२५ असोज। बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट ३६ जनाको उद्धार गरिएको छ। चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित उद्धार टोलीले उनीहरुको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार दिउँसो १२ बजेसम्म जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु र १ विदेशी नागरिकसहित ९ जना तथा पायु क्षेत्रबाट १२ जनाको उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

Read More

काठमाडौं,२३ असोज। काठमाडौंको बूढानीलकण्ठमा बरामद भएको करिब २२ किलो सुन तस्करीका लागि एउटा घर नै ३ लाख ३० हजार रुपैयाँमा भाडामा लिएर सुन प्रशोधन गर्ने गरिएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार, माथिल्लो भंगालस्थित घरबाट विभिन्न बिस्कुट आकारमा २१ किलो ७५०.६८ ग्राम सुनसहित चिनियाँ नागरिक हान फेई, झोउ लङछिङ र सु क्यानलाई पक्राउ गरिएको छ। बिहीबारको बजार मूल्यअनुसार बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको छ। उनीहरुलाई अवैध सुन, नगद, सुन ओसारपसारमा प्रयोग गरिने गाडी तथा सुन प्रशोधनमा प्रयोग हुने सामग्रीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी चीनको…

Read More

भैरहवा, २३ असोज। दसैं नआउँदै तिहारका लागि ल्याइएको ९ बोरा पटाका रुपन्देही प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले सूचनाका आधारमा बा २१ च २२४९ नम्बरको गाडीलाई रन्यौरामा चेकजाँच गर्दा ५ लाख मूल्य बराबरको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, गाडी र पटाकाका साथै गाडी चालक रुपन्देहीको कोटहीमाई गाउँपालिका ५ का २५ वर्षीय धर्मराज यादव, १८ वर्षीय सुशिल यादव, सम्मरीमाई गाउँपालिका ७ का ३२ वर्षीय अक्लेश मौर्या र १९ वर्षीय सन्तोष कुर्मीलाई नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलबाट विष्फोटक पदार्थ ऐन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले…

Read More

भैरहवा, २३ असोज। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दसैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा योजना लागु गरेको छ । शान्ति, सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले जिल्लामा कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप नहुन दिन र सर्वसाधरणलाई शान्तिपूर्ण रुपमा उल्लासपूर्वक चाडपर्व मनाउनका लागि सुरक्षा योजना लागु गरेको जनाएको छ । ‘सर्वसाधरणले उल्लासपूर्वक चाडपर्व मनाइरहेको अवस्थामा अपराधिक मनोवृति हावी भएका व्यक्तिहरु सल्बलाउन खोज्छन्, रुपन्देहीका एसपी जनक बहादुर शाहीले सुरक्षा योजना सार्वजनिक गर्दै भने, ‘त्यसलाई निस्तेज पार्नका लागि जिल्लामा सुरक्षा योजना लागू गरेका हौँ ।’ उनले चाडपर्वमा जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागि पूर्वप्रहरी, निर्वाचन प्रहरी (म्यादी), छिमेकी जिल्लासँग समन्वय भइरहेको र सादा…

Read More

भैरहवा, २२ असोज । रुपन्देही र पश्चिम नवलपरासीका नाकाबाट भइरहेको तस्करी नियन्त्रणका लागि लुम्बिनी प्रदेशका डिआइजी भूपेन्द्र बहादुर खत्रीको टोली सक्रिय देखिएको छ। दैनिक जसो उक्त टोलीले तस्करीका सामग्री बरामद गर्दै आएको छ। दाङबाट खटिएको उक्त विशेष प्रहरी टोलीले रुपन्देही र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट दुई दिनमा करिब १८ लाख बढी मूल्य बराबरको लत्ताकपडा, जुत्ता लगायतसामग्री बरामद गरेको छ। साथै, तस्करीका सामग्री ओसारपसारको आरोपमा गाडी र चालकलाई समेत नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, नवलपरासी पश्चिमको सुस्ता–१ बाट मात्रै ११ लाख ६८ हजार ७०० रुपैयाँ बराबरका साडी, कुर्था सुरुवाल, टिसर्ट, सेरवानी, लुङ्गी…

Read More