


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १९ मंसिर । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्सको मुख्य प्रायोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजकले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी मंसिर २१ गतेदेखि पुस २ गतेसम्म प्र्रतियोगिता संचालन हुने जनाएको छ । विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आफ्नो स्वर्गीय हजुरबुवा शेरबहादुर सेन्चुरीको स्मृतिमा पर्वत ज्वेलर्सका संचालक बिमल सेन्चुरीले विगत लामो समयदेखि प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन् । संघका कोषाध्यक्ष निरजप्रताप खाँणले प्रतियोगिताले तल्लो तहबाटै खेलाडी उत्पादनमा सहयोग पुग्ने जनाए । उनका अनुसार…
भैरहवा, १९ मंसिर ।रुपन्देहीमा खुल्ला स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–२ का स्थानीय युवाहरुको आयोजनामा बुधवारदेखि सोही वडामा खुरहुरिया प्रियमियम लिग (केपिएल) अन्र्तगत क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन रोहिणी गाउँपालिका–२ का वडाअध्यक्ष करमहुसैन खान लगायतले गरे । प्रतियोगिता स्थानीयस्तरको भएकोले यसमा गाउँको प्रतिनिधित्व गर्दै टिमहरुले सहभागीता जनाएका छन् । प्रतियोगितामा २२ वटा गाउँको टिम सहभागी भएको र प्रतियोगिता एक हप्तासम्म जारी रहने आयोजक टिमका सदस्य मोबिन आलमले जानकारी दिए । प्रतियोगिताको प्रत्येक खेल १५ ओभरको हुनेछ । ‘गाउँगाउँमा लुकेका प्रतिभाहरु हुन्छन् । जसले भविष्यमा खेलकुदको माध्यमले देशकै नाम उच्च राख्न सक्छन्’ उनले…
भैरहवा, १९ मंसिर । के तपाईलाई शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थलसँगै बुद्धको जीवनमा आधारित अन्य पर्यटकीय स्थलहरु घुम्ने इच्छा छ ? तर, सबैस्थल कसरी जाने ? यातायातको व्यवस्थापन कसरी गर्ने ? लगायत चिन्ता लिनुभएको छ ? छ भने अब चिन्ता छाड्नुहोस् । सहज रुपमा बौद्ध स्थलहरुको भ्रमण गर्ने इच्छा छ भने बिहीवार देखि भैरहवास्थित अंचलपुरमा आयोजना हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सवमा जानुहोस् । त्यहाँ सबै व्यवस्थापन गरिएको छ । महोत्सव आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले महोत्सव अवलोकन गर्न आउने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकहरुलाई लक्षित गरेर बौद्धस्थलहरुको भ्रमण प्याकेज ल्याएको छ । मंसिर २० गते पुस १ गतेससम्म महोत्सव…
भैरहवा, १९ मंसिर । भैरहवास्थित अंचलपुरमा आयोजना गर्न लागिएको ९ औं लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी पुरा भएको छ । आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधवार पत्रकार सम्मेलन गरेर मंसिर २० गतेदेखि पुस १ गतेसम्म संचालन हुने महोत्सवको तयारी पुरा भएको जनाएको हो । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मुल नाराका साथ बजार चलायमन गराउन लगायत उद्देश्यसहित महोत्सवको आयोजना गरिएको हो । भोली (बिहीवार) उद्घाटन हुने महोत्सवका लागि देवकोटाचोक देखि महोत्सव स्थल सम्म झाँकीसहित प्रर्दशन गरिने भएको छ । महोत्सवको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम छ । ‘संघको गठित ३३ वटा समिति र सबैको सहयोगले…
भैरहवा, १८ मंसिर । भैरहवा बहुमुखी क्याम्पसको कक्षा कोठाको झ्याल, विद्युत, शौचालयको मर्मत, सम्भार र व्यवस्थापनका लागि नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुख र संकाय प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। नेपाल विद्यार्थी संघको व्यवस्थापन संकाय प्रथम वर्षको अंग्रेजी र नेपाली माध्यम कक्षा कमिटिले व्यवस्थापन संकायको कक्षा कोठामा झ्याल, विद्युत, दुर्गन्धित छात्रा शौचालय लगायतको समस्या समाधानका लागि क्याम्पस प्रमुख अनिल कुमार झा र व्यवस्थापन संकायका प्रमुख बाबुराम काफ्लेलाई ज्ञापन पत्र बुझाएका हुन् । क्याम्पस प्रशासनले ज्ञापन पत्र बुझ्दै माग गरिएका विषय सम्बोधन गर्दै समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको व्यवस्थापन संकाय प्रथम वर्षको अंग्रेजी माध्यम कक्षा कमिटिको अध्यक्ष रशमी रसाईलीले बताइन् । व्यवस्थापन…
काठमाडौं, १८ मंसिर। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तहको उपनिर्वाचनमा जनताले पुरानै दल छनोट गर्न बाध्य भएको बताएका छन् । स्थानीय तहका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको परिणामपछि उनले जनताले नयाँ विकल्प नपाएरै पुरना दलमध्येबाट एउटा छान्न बाध्य भएको सामाजीक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । ‘दुइ वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ । साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एकअर्काको विकल्प बनेका छन्’ डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । तीन दल नै एकअर्काको विकल्प जस्तो देखिएता पनि जनता असन्तुष्ट…
भैरहवा, १८ मंसिर । नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सयमा कारोबार भएकोमा मंगलबार प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा मा कारोबार भएको मंगलबार ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
काठमाडौ, १८ मंसिर । नेपाल र चीनबीच आठ वटा विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा सोमबार बेइजिङ गएका थिए ।
दाङ, १८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न कानूनी आधार तयार पार्ने काम भइरहेको बताएका हुन् । अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले अपांगता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चित गर्दै प्रदेशमा अपांगता समन्वय समिति गठन, अपांगमैत्री पूर्वाधार निर्माण गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । नेपालको संविधानले अपांगता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन…
भैरहवा, १८ मंसिर । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान रोकिएको छ । एयरवेजले भैरहवा विमानस्थलबाट कार्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म उडान अनुमति लिएको थियो । त्यसपछि उसले अनुमति नलिदाँ आइतबार देखि उडान रोकिन पुगेको हो । एयरवेजले गत कार्तिक २७ गते देखि भैरहवाबाट वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा-भैरहवा-काठमाडौं-दोहा रुटमा दैनिक एक व्यवसायिक उडान सुरु गरेको थियो । कतार एयरवेजले मंसिर १५ गतेसम्म मात्र उडान अनुमति लिएकोले भैरहवाबाट एयरवेजको उडानको रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । भैरहवाबाट मंसिर १५ पछि पनि उडानका लागि प्रस्ताव पेश गर्न ईमेल मार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका…