

काठमाडौ,१८ असार। सरकारले बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णय सार्वजनिक गरेका हुन्।
Advertisement

Advertisement
Advertisement
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
-अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने
-एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन (बीबीएन्जी) लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
-नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई सरुवा गर्ने।
-विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गर्ने।
-कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
-शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
-गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल (कैलाली)लाई नियुक्ति गर्ने।
-सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने।
-राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्ने।
-राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने।





