Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » प्रधानमन्त्री कप : लगातार तेस्रो जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा
    खेलकुद

    प्रधानमन्त्री कप : लगातार तेस्रो जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ ४, बिहीबार १०:५२ गते
    pm cup cricket
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ४ माघ ।

    गण्डकी प्रदेशलाई १ सय ८ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्न सफल छ । लगातार तेस्रो जितसँगै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बिहीबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा अलआउट हुँदै २ सय १ रनको बलियो योगफल बनाएको थियो । सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले ७३ बलमा ५ चौकासहित सर्वाधिक ६० रन जोड्न सफल भए । यस्तै, नारायण जोशीले ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाए ।

    एक समय ७२–६ को दयनीय अवस्थामा पुगेको सुदूरपश्चिमलाई खेलमा फर्काउन सातौं विकेटका लागि नारायण र किरणले ७५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आठौं विकेटका लागि करणले नरेन साउदसँग ४६ रनको साझेदारी गरे । दुई साझेदारीले सुदूरपश्चिमलाई जितको आधार तय गरेको हो । सुदूरपश्चिमका शेर मल्लले १९, राजु रिजालले १६, टेक रावतले १५ र नरेन साउदले १३ रन बनाए । बलिङमा गण्डकीका विपिन खत्री र अंकित सुवेदीले ३–३ तथा कमल परियार र अमृत गुरुङले समान २–२ विकेट लिए ।

    जवाफमा जितका लागि २ सय २ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको गण्डकी ३० ओभर २ बलमा ९३ रनमा अलआउट हुन पुग्यो । गण्डकीका आश्विानी रानाले ६७ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाउँदा कमल परियारले २२ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा टीमले हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न सुदूरपश्चिमका शेर मल्लले ८.२ ओभरमा १ मेर्डनसहित २३ रन खर्चेर ५ विकेट लिए । यस्तै, गजेन्द्र बोहराले २, भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १–१ विकेट लिए ।

    सुदूरपश्चिमले यसअघि कर्णालीलाई १ सय ३४ रन र लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै जित निकालेको थियो । गण्डकी भने कर्णालीसँग ७ विकेट र लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । बिहीबारको जितसँगै सुदूरपश्चिम ३ खेलमा ६ अंकसहित अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । एपीएफ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल पुलिस २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रधानमन्त्री कप सिद्धार्थ क्रिकेट मैदान
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    २०८३ आश्विन ३०, शुक्रबार १२:३० गते

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    २०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.