
भैरहवा, १६ साउन । प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता इस्माइल हानियाको मृत्यु भएको छ । कतारमा बस्दै आएका हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण कार्यक्रममा सहभागी हुनका लागि राजधानी तेहरान पुगेको बेला उनको निवासमा इजरायलले गरेको हमलामा उनी मारिएका हुन् ।
बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको छ ।हानियाका साथ उनका एक अङ्गरक्षक पनि मारिएको जनाइएको छ । इस्माइल हानिया हमासको पोलिटिकल ब्यूरो प्रमुख थिए ।- अन्तर्राष्ट्रिय संचारमाध्यमको सहयोगमा
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

