Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, ३ माघ।विश्वचर्चित इजरायली भ्लगर नास डेली आइतबारसम्म नेपालमा थिए । शनिबार आइपुगेका उनी भोलिपल्ट फर्किए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै भिडियो सामाजिक संजालमा सेयर गरेका छन् । बौद्ध धर्मबारे अध्ययन गर्न नेपाल आएका उनले लुम्बिनी पुगेर बौद्ध धर्मगुरुसँग समेत भेटे । लुम्बिनी घुमेको र बौद्ध गुरुसँग भेटेको तस्वीर उनले सामाजिक संजालमार्फत सेयर गरेका छन् । ‘केही भिन्न काम गर्न म नेपाल आइपुगेको थिएँ’ उनले भनेका छन् । खास नाम नुसेर यासिन भएपनि नास डेलीका रुपमा उनी प्रसिद्ध छन् । ६ महिनाअघि उनले शारिरिक ब्यायामको च्यालेन्ज लिएका थिए । अबको ६ महिना आध्यात्मिकरुपमा स्वस्थ हुने च्यालेन्ज उनले…

Read More

काठमाडौं, ३ माघ ।गायक–गायिका मात्र होइन, अभिनेतालाई पनि यतिबेला विदेश दौडाहाको चटारो छ । यो सूचीमा अभिनेता राजेश हमाल अगाडि छन् । हमालका लागि विदेश पानीपँधेरोजस्तै देखिन्छ । उनी महिना दिन बिराएर विदेश घुम्न निस्किरहन्छन् । मंगलबार बेलुका हमाल र अर्का अभिनेता जितु नेपाल अमेरिका उडेका छन् । हमालको लागि यसपटकको अमेरिका यात्रा किन पनि महत्वपूर्ण छ भने उनले त्यहाँ बसोबास गर्ने र आ–आफ्नो क्षेत्रमा योगदान पुर्‍याएका नेपालीलाई भेट्दैछन् । ती नेपालीसँग अन्तरक्रिया र छलफल गर्ने हमालले बताएका छन् । स्रोतका अनुसार हमालले अमेरिकी डायस्पोरामा सफल कहलिएका नेपालीसँग छलफल चलाएर यसलाई टेलिभिजन शो वा डकुमेन्ट्रीको आकार दिने बताइएको छ ।…

Read More

काठमाडौं, ३ माघ ।नेपाली काँग्रेसले माघ ७ गते देखि ‘समुदायमा कांग्रेस’ अभियान चलाउने भएको छ । जसमा जिल्लामा सहभागी हुने केन्द्रिय नेताहरुलाई पार्टीले अभिमुखीकरण गरिने जनाएको छ । उक्त अभियान देशभर माघ २२ गतेसम्म चल्नेछ । जिल्ला जाने नेताहरुले आन्तरिक संगठन र समुदायमा पुगेर पार्टीको अभियान चलाउने छन् । पार्टीभित्रको संगठन सुदृढीकरण साथै नागरिक तहमा पुगेर उनीहरुको आवाज सुन्ने गरी कांग्रेसले अभियान घोषणा गरेको छ । जिल्ला जाने नेताहरुले पार्टीमा देखिएको तल्लो तहको समस्या समाधान गर्ने, नागरिकसँग अन्तक्रिया गर्ने, नागरिकका समस्या सुन्ने लगायतका जिम्मेवारी पार्टीले दिने भएको छ । प्रतिनिधि खटिने नेताहरुले जिल्लामा गएर गर्नुपर्ने भूमिकाका विषयमा दुई महामन्त्री गगन…

Read More

भैरहवा, ३ माघ ।७२ औं अन्तरास्ट्रिय भन्सार दिवस साताव्यापी कार्यक्रम गरि मनाईदै छ । माघ ५ गते देखि १२ गते सम्म बिभिन्न सचेतनामूलक एवम अन्य बिविध कार्यक्रमहरुका साथ भन्सार दिवस मनाउने निर्णय गरिएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार यसको लागि माघ ५ गते भन्सार एजेन्ट सहितको मूल समारोह समिति गठन गरिने बताए । सोही दिन ७२ औं अन्तरास्ट्रिय भन्सार दिवसको नारा र तुल, लोगो अंकित होर्डिङ्ग बोर्ड, ब्यानर लगायत प्रचार प्रसार सामाग्रीहरु तयार गरि दिवसको ब्यापक प्रचार गरिनेछ । माघ ७ गते समकक्षी भन्सार संग बैठक गरि ब्यपार सहजीकरणको बिषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने, ८…

Read More

भैरहवा, २ माघ । विपद् पूर्व र पछिको व्यवस्थापनमा स्थानीय तहको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । २६ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका प्रमुख रहेको बताएका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद् पूर्व हुने सही सूचना देखि विपद् पछिका उद्दार र राहत कार्यहरुमा सरकारको पहिलो निकाय स्थानीय तहको भूमिका प्रमुख रहेको बताए । “नेपालमा गएका भुकम्प लगायतका विपद्का घटनाहरुमा जस लिने होडबाजी हुन्छ, त्यो राहतको नाममा होस वा उद्दारका…

Read More

मुम्बई, (एजेन्सी) । टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिक खेलकुद पृष्ठभूमिका भए पनि बलिउडमा उनीहरुको क्रेज राम्रो छ ।  अहिले यो जोडी आफूहरुको वैवाहिक सम्बन्धमा आएको दरारका कारण चर्चामा छन् । हालैमात्र सानियाले इन्स्टाग्राम एकाउण्टबाट शोएबका सबै तस्वीर हटाएपछि उनीहरुबीचको वैवाहिक खटपट छताछुल्ल भएको छ । सानिया इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र उनी आफूसँग जोडिएका अपडेटबारे फ्यानमाझ शेयर गरिरहन्छिन् । सानियाको इन्स्टाग्राममा उनका सबै फोटो र भिडियो हेर्न पाइन्छ । यही बीचमा उनले आफ्ना पति शोएबका सबै तस्वीर हटाएकी छन् । शोएबले पनि आफ्नो इन्स्टाग्रामबाट सानियासँग विवाह भएको जानकारीलाई हटाएका छन् । यसअघि उनले आफ्नो इन्स्टाग्रामको बायोमा आफू ‘सुपरवुमनको पति’…

Read More

नयाँदिल्ली, २ माघ । साउथ इन्डियन फिल्म  ‘हनुमान’ ले बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ । सिनेमा हलमा रिलिज भएको चार दिन भैसकेको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्दै गएको छ । अब प्यान इन्डियन फिल्म ‘हनुमान’ ले तीन दिनमा साउथका तीन ठूला फिल्मको रेकर्ड तोडेको छ । उत्तर भारतमा फिल्मले कमाइको हिसाबले ‘पुष्पाः द राइज’, ‘केजीएफः च्याप्टर १’ र ‘कान्तारा’को हिन्दी संस्करणलाई पछाडि छोडेको छ । ‘हनुमान’ ले उत्तर भारतमा १२.२६ करोड कमाएर यो रेकर्ड तोडेको हो ।यससँगै यो फिल्म उत्तर र दक्षिण भारतमा ब्लकबस्टर बनिरहेको छ । मात्र २५ करोडमा बनेको फिल्म ‘हनुमान’ले पहिलो दिन भारतीय बक्स अफिसमा ८.०५…

Read More

भैरहवा, २ माघ ।रुपन्देहीको सिद्धार्थ रंगशालामा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको मंगलबार भएको खेलमा कर्णाली प्रदेशको पहिलो हारसँगै सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । दुई ओपनर र मध्यक्रमका एकसहित तीन खेलाडीको अर्धशतकको सहयोगमा कर्णालीलाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रनको बलियो योगफल बनाएको थियो । उसका लागि ओपनर खडक बोहराले सर्वाधिक ८० रनको पारी खेले । १ सय १४ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए । यस्तै, अर्का ओपनर…

Read More

नयाँ दिल्ली । विजय सेतुपति ४६ वर्षका भएका छन् । पक्कै पनि उनलाई शाहरुख खान स्टारर फिल्म ‘जवान’ मा खलनायक काली गायकवाडको भूमिकामा देख्नु भएकै होला । उनको अर्को फिल्म ‘मेरी क्रिसमस’ जनवरी १२, २०२४ मा रिलिज भयो । यसमा उनी कट्रिना कैफको अपोजिट देखिएका छन् । यी दुई हिन्दी फिल्महरू बाहेक, विजयले धेरै ठूला साउथ फिल्महरूमा काम गरिसकेका छन् । जस्तै विक्रम वेधा, सुपर डिलक्स आदि । उनी तमिल सिनेमाका चर्चित सुपरस्टारमध्ये एक हुन् । आफ्नो १० वर्ष लामो करियरमा उनले करिब ५० फिल्ममा काम गरिसकेका छन् तर विजयका लागि यो स्थानमा पुग्न भने सजिलो थिएन ।सुरुका दिनहरूमा उनले…

Read More

काठमाडौं, १ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । निगमले भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति मार्फत जनाएको छ । मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र…

Read More